लौकही । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत असोज ९ गते हुन गइरहेको कोशी गाउँपालीका सभापति पदका लागि सुलेमान मन्सुरी बलियो उम्मेदवारी देखिएका छन् ।
चारजनाले कोशी सभापति पदका लागि दाबी प्रस्तुत गरेपनि प्रतिस्पर्धी भनिएका अन्य केही उम्मेदवारले मन्सुरीलाई समर्थन गरेपछि उनी सभापति बन्ने सम्भावना बलियो बनेको श्रोत बताउँछ । नेपाली काङ्ग्रेसको कोशी गाउँपालीका सभापतिका लागि मन्सुरीसँगै शिवनारायण बहरखेर, कोशी गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष शाहजमाल,वाजुद्दिन मन्सुरी र गोसाइ यादवले दाबी गरेका थिए । ति मध्ये केहीले सुलेमानलाई सभापतिमा समर्थन गर्ने सहमति भएको बताइएपनि उनको नाम भने खुलाइएको छैन ।
नेपाली काङ्ग्रेसको तत्कालीन पश्चिम कुशाहा गाविसको गाउँ इकाई सभापति रहँदा स्थानीय तहको निर्वाचनमा मन्सुरीको नेतृत्वमा प्यानल विजयी भएको थियो । पार्टीले दिएको जिम्मेवार बहन गर्नसक्ने व्यक्तित्व भएकाले कोशी सभापतिमा सुलेमानको विकल्पबारे तत्काल सोच्नुपर्ने कारण नदेखिएको नेपाली काङ्ग्रेसका स्थानीय नेताकार्यकर्ता बताउँछन् ।
पार्टीसँगै जनताका समस्या समाधान गर्न रात दिन नभनी खट्ने व्यक्ति कोशी गाउँपालीका वडा नम्बर ३ का अध्यक्ष समेत रहेका सुलेमान मन्सुरी भएकाले सकभर सहमतिमा नभई निर्वाचन भएपनि उनी दुईतिहाइबढी बहुमतले निर्वाचित हुनेमा ढुक्क भएर बस्न कोशी गाउँपालीका वडा नम्बर ३ का धर्मेन्द्र विश्वासले दाबी गरे । यता यसबारेमा प्रतिक्रिया लिन खोज्दा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष समेत रहेका ऐयुब अन्सारीले कोशी गाउँपालीका सभापतिका साथै अन्य पदमा समेत आफू सहमति बाटै आउनुपर्छ भनेर कटिबद्ध भएर लागेको बताउदै जो आएपनि सहमतिबाट नै सभापति चयन गर्न आफू प्रयासरत रहेकोे बताए ।








