लौकही । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत कोशी गाउँपालीकामा सभापतिबाहेक पदाधिकारी र सदस्यहरु निर्विरोध चयन गरिएको छ । आज असोज ९ गते नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुने तालिका भएपनि सभापतिबाहेक अन्य पदमा भने सहमतिबाट नै कार्य समिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

सहमतिअनुसार कोशी गाउँपालीकाको उपसभापतिमा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीका स्वकीय सचिव वार्ड नम्बर ३ का धर्मेन्द्र विश्वास र कोशी गाउँपालीका वार्ड नम्बर ८ का रघुनाथप्रसाद देव, यसैगरी सचिवमा कोशी गाउँपालीका वार्ड नम्बर २ का ध्यानी उराँव र वार्ड नम्बर १ का निर्मलकुमार मण्डल, त्यसैगरी सहसचिवमा कोशी गाउँपालीका वार्ड नम्बर ८ का जगदीश कामैत र वार्ड नम्बर २ का संतोषकुमार यादव निर्विरोध चयन भएका छन् ।

त्यस्ता सदस्यहरुमा वार्ड नम्बर १ बाट ईन्द्रबहादुर गुरुङ,जिरोदेवी मण्डल र बलदेव यादव निर्विरोध चयन भएका छन् भने वार्ड नम्बर २ बाट कपिलेश्वर यादव, चन्देश्वर साहु र होग्निक मण्डल निर्वाचित भएका छन् । त्यस्तै कोशी गाउँपालीका कार्य समितिका लागि अपांगतर्फबाट वार्ड नम्बर ७ की चम्पादेवी सदा र वार्ड नम्बर ३ बाट मुख्तार आलम सदस्य पदमा निर्विरोध चयन भएको निर्वाचित समितिले जानकारी गराएको छ् । कोशी गाउँपालीका सभापति पदका लागि वार्ड नम्बर ३ का वडाध्यक्ष सुलेमान मन्सुरी र वार्ड नम्बर ७ का शिवनारायण यादवले मनोनयन दर्ता गराएका छन् । कोशी गाउँपालीकाको ८ वटा वडाबाट निर्वाचित १६१ जना क्षेत्रीय प्रतिनिधिहरुले सभापति चयन गर्नेछन् ।








