कोशी टप्पु । सुनसरी र सप्तरी क्षेत्रमा आतंक मच्चाउदै आएको मकुना हात्ती मृत्यु अवस्थामा भेटिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा ५ सय मिटरको दूरी मकुना आइतबार बिहान मृत्यु अवस्थामा भेटिएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी गराएका छन् ।

विगत केही वर्षयता दर्जनौं व्यक्तिको ज्यान लिएको उक्त मकुना हात्तीलाई स्थानीयले `ज्यानमारा´ उपनाम दिएका छन् । मृत भेटिएको हात्तीको मृत्युको कारण तत्काल खुल्न सकेको छैन भने पोस्टमार्टम गर्ने तयारी भइरहेको आरक्ष प्रशासनले जनाएको छ ।








