भण्टाबारी । अपहरणमा परेका एक युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरीको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरण भएकै दिन बिहीबार अबेरराति उक्त युवाको उद्धार गरेर नेपाल ल्याएको बताइएको छ ।
उद्धार गरिनेमा कोसी गाउँपालीका ७ हरिपुरका अन्दाजी २३ वर्षका दिपेश सदा रहेको श्रोतले बताएपनि प्रहरीले भने आधिकारिक पुष्टि गर्न बाँकी छ । श्रोतले दिएको जानकारीअनुसार आर्थिक लेनदेनमा विवाद भएपछि ति युवा अपहरणमा परेका हुन । अपहरणमा परेका दिपेशको भारतको बीरपुर क्षेत्रबाट सकुशल उद्धार गर्दै घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।








