लौकही । सुनसरीको कोशी गाउँपालिक वडा नम्बर ७ स्थित हरिपुरमा सरसफाई सम्बन्धी १ दिने कार्यक्रम सम्पन्न भएको छ ।कोशी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लालदेव सदा अगुवाईमा सेव द अर्थ सुनसरीको आयोजना तथा FAIRMED NEPAL को सहयोग एवं कोशी गाउँपालिकाकाे समन्वयमा विश्वास परियोजनाद्वारा सरसफाई सम्बन्धी १ दिने कार्यक्रम सम्पन्न गरिएको कोशी गाउँपालिका “विश्वास परियोजनाका” सामुदायिक स्वास्थ्य सहजकर्ता (C.H.F.) सन्तोष साहुले जानकारी दिए ।
उक्त कार्यक्रममा समुदायका युवाहरू , स्वास्थय आमा समूहका सदस्यहरू (HMG) सक्रिय सहभागी रहेको थियो भने कोशी गाउँपालिका वडा नं ७ का सम्पूर्ण कर्मचारी , हरिपुर हेल्थ पोष्टका सम्पूर्ण कर्मचारी र हरिपुर बर्थिङ सेन्टरका पनि सम्पूर्ण कर्मचारीहरुको साथै महिला स्वास्थ्य स्वयसेविका (FCHV) तारा बजगाईंकाे समेत उपस्थिति रहेको थियो। सो कार्यक्रममा वडाका वडा अध्यक्ष स्वयं र सक्रियसहभागीद्वारा वडाको अगाडि र वडाकै छेउमै रहेको श्री दुर्गा भवानी मन्दिरको समेत सरसफाई गरिएको थियो । विश्वास परियोजनाका सामुदायिक स्वास्थ्य सहजकर्ता साहुले सरसफाई बाट सर्वसाधारण स्वस्थ्य र सुरक्षित हुने भएको हुँदा सोही म्यासेज प्रवाह गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको बताए । विगत १४ महिना देखि विश्वास परियोजना प्रदेश नं १ को सुनसरी , झापा र मोरङ ३ जिल्लाका २५ पालिकामा संचालित रहेको सुनसरीमा संचालित विश्वास परियोजनाको लेखा अधिकृत (F.A.O) कृष्ण चौधरीले जानकारी दिए ।
सुनसरीमा संचालित विश्वास परियोजनाको परियोजना संयोजक मनिष सुबेदीका अनुसार नेपाल सरकारले निम्नानुसारका १० प्रकारका उपेक्षित तथा उष्णप्रदेशिय रोगहरू (NTDs- Neglected Tropical Diseases) नामांकन गरिएका रोगहरू कुष्ठरोग,हात्तीपाईले,कालाजार,डेंगु,रेविज,खस्रे रोग,सर्पदंश,लुतो, नाम्लेजुका र जुका लगायत १० प्रकारका रोगहरू बढी देखिने गरेको र यो रोगका कारण मानिसहरू विरामीहुनुका साथै अङ्गभङ्गका र अपाङ्ग समेत हुने जसका कारण राज्यको ठुलो धनराशी खर्च हुने भएको बताउदै त्यस्ता अधिकांश रोगहरू सरसफाइको कमीले लाग्ने गरेकोले सरसफाइ कार्यक्रम आयोजना गरिएको बताए । उल्लेखित रोगहरुका बारेमा सर्वसाधारणलाई जानकारी गराउदै रोगलाई न्युनिकरण गर्न र समयमै टेवा पुर्याउनका लागि सरसफाई कर्यक्रमको आयोजना गरिएको उनले बताए ।
“विश्वास परियोजना” सञ्चालन भए देखि उक्त NTDs रोगबाट प्रभावित भएका बिरामीहरू समयमै उपचारमा आएकोले गर्दा समयमै नियन्त्र समेत थप बढ्दै गएको दाबी गरिएको छ । साथै उल्लेखित रोगहरू भेटिएमा संस्थाद्वारा सहयोग गर्ने कुराको समेत जानकारी उक्त कार्यक्रममा गराइएको थियो । “सेभ द अर्थ फाउन्डेसन इन्टरनेसनल (Save the Earth foundation international, Sunsari)” काे आयोजनामा १ दिने सरसफाई कार्यक्रममा डस्ट विन ४० लिटरको ५ थान,रिङ्ग 3*1 बलियो खाले १० थान,नरिवलको कुचो (खरेटो) ५ थान,Face Mask १ Box (५० पीस) ,Glove 1 Box,हरपिक ५००ML काे ५ थान,ब्रस २ थान, सेनिटाईजर १००ML को १० थान र विश्वास परियोजना काे लोगो १५ थान पनि वितरण गरिएको सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराई जानकारी दिए ।
आफूहरूले संचालन गरेको परियोजनाको उद्देश्य भनेकै उपेक्षित तथा उषणप्रदेशिय रोगहरू न्यूनीकरण , मातृशिशु स्याहार र अपाङ्गता भएका व्यक्तिहरुको आबस्यक सहयोग गर्नु भएको उनले बताए । यसैगरी कोसी गाउँपालीका वडा नम्बर ७ मा रहेको हरिपुर बर्थिङ सेन्टरको लागि आवश्य पलासेन्टा पनि ७० प्रतिशत सवे द अर्थ सुनसरीको र ३० प्रतिशत वडाकाे लगानीमा नयाँ निर्माणमा गरिएको छ ।
देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम
जुगेस दास देवानगञ्ज। देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने यस...