ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

जाडो बढ्दा जनजीवन प्रभावित 

आवर कोशी by आवर कोशी
पुस २४, २०८१
जाडो बढ्दा जनजीवन प्रभावित 
34
SHARES
Share on FacebookShare on Twitter

सुनसरी  । सुनसरीसहित पुर्वी तराई मधेसमा केही दिनयता जाडो बढेको छ । बिहानैबाट चल्ने चिसो हावासँगै जाडो बढ्दा जनजीवन कष्टकर बनेको हो । बिहान र साझ शीतलहर तथा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ । शीतलहर तथा बाक्लो हुस्सुका कारण खासगरी आर्थिक अवस्था कमजोर भएका वर्ग तथा आधारभूत आवश्यकताको काम गर्ने सर्वसाधारण बढी प्रभावित भएका छन् ।

सुनसरी कोशी गाउँपालीका क्षेत्रका मुसहरी बस्तीका अधिकांश सर्वसाधारणसँग बाक्लो कपडा छैन,पातलो कपडा लगाउछन् त्यहीँ लगाएर जनमजदुर गर्न जाने गरेका छन् । शरीरमा लुगा नभएको र ह्वात्तै जाडो बढेपनि जीविका चलाउन सुकुम्बासी बस्तीमा बसोबास गर्ने दलित समुदाय जनमजदुरी गर्न जाने गरेको कोशी गाउँपालीका २ लौकहीस्थित मुसहरी टोलकि आरति सदा बताउँछिन् । दिनभर गरेको मजदुरीबाट आएको आम्दानीले साझ खान पुग्ने भएकोले मुसहरी बस्तीका अधिकांश सर्वसाधारण जाडोमा बाक्लो लुगा नभएपनि काम गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।

के गर्ने ? कमाइ गरेन भने के खान्छ आरति भन्छिन् गरिबलाई के जाडो के गर्मी । जस्तोसुकै मौसम भएपनि आफू र आफ्नो परिवार पाल्न काम गर्ने पर्‍यो । घरमा हुँदा बाक्लो कपडा नभएपनि आगो तापेर दिन बिताउने गरिएपनि काम गर्न जादा जाडोमा समस्या हुने गरेको कोसी गाउँपालीका ७ हरिपुरस्थित सुकुम्बासी बस्तीका सुरेन्द्र मुखियाले बताए । शीतलहर तथा हुस्सुका कारण जनजीवन कष्टकर छ, जाडोमा काम गर्न जान्ने मन लाग्दैन तर, के गर्नु बाध्यता छ उनले भने । केही दिनयता शीतलहरले चिसो बढेपछि सदरमुकाम इनरुवा, लौकही, हरिपुर,भण्टावारी,कोशी ब्यारेज सहितका बजारमा चहलपहल समेत घटेको छ । 

अत्यधिक चिसो बढेपछि प्रहरीसँग समन्वय गरेर विभिन्न स्थानमा सर्वसाधारण तथा यात्रुलाई लक्षित गरेर चोक चोकमा आगो बालिएको कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । बिहान र दिउँसो घरबाट चोकमा आउने सर्वसाधारण,मजदुर तथा यात्रुहरुलाई जाडोबाट बच्न आगो बालिएको हो । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कन समेत समस्या हुने गरेको छ । पुस मसान्त लागेसँगै बढेको अत्यधिक जाडोले निजी अस्पतालसँगै जिल्लाको एकमात्र सरकारी अस्पताल इनरुवा स्थित रहेको जिल्ला अस्पतालमा बिरामीको चाप समेत बढेका छन् । खासगरी आजभोलि जाडोबाट प्रभावित बालबालिका र वृद्धवृद्ध अस्पताल जाने गरेका छन् । निमोनिया, खोकी, घाटी दुख्ने जस्ता रोग लागेकाहरु अस्पतालमा देखापर्न थालेको चिकित्सकहरू बताउँछन् । चिसो छल्नका लागि विभिन्न चोकचोकमा दाउरा बालेर आगो ताप्ने क्रम बढेपनि ग्रामीण भेगमा सर्वसाधारण आफैंले घुरबाट आगो तापेर दिन बिताउने गरेका छन् । 

Related Posts

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

by आवर कोशी
पुस २०, २०८२
0

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा नाकको सामान्य शल्यक्रिया गर्दा सात वर्षिय बालकको आँखाको ज्योति गुमेको घटनामा पीडित परिवारले न्यायको लागि...

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

by आवर कोशी
पुस १७, २०८२
0

बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा,...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

कृषी सहकारी संघ सुनसरीको साधारण सभा
स्थानीय समाचार

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

Read more
इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

पुस २२, २०८२
नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

पुस २०, २०८२

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

पुस १७, २०८२
सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

पुस १५, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    379 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.