कोशी गाउँपालिका वडा नम्बर ८ शर्मा टोलमा शनिवार राति करिब ९ बजे नवजात शिशु (छोरा) प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा फेला परेको छ । स्थानीय विजय कुमार खत्वेले रोएको आवाज सुनी शिशु भेट्टाएपछि इलाका प्रहरी कार्यालय भण्टाबारीलाई जानकारी गराएका थिए । प्रव. नि. पुण्य प्रसाद अधिकारीको कमाण्डमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शिशुलाई तत्काल कोशी हेल्थ केयर भण्टाबारीमा उपचारका लागि लगेको थियो । हेर्दा भर्खर जन्मिएको जस्तो देखिने शिशुलाई थप उपचारका लागि जिल्ला अस्पताल ईनरुवा पुर्याइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









