ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

समाजिक सञ्जाल विधेयक विरुद्ध सडकमा नागरिक समाज

आवर कोशी by आवर कोशी
माघ २६, २०८१
समाजिक सञ्जाल विधेयक विरुद्ध सडकमा नागरिक समाज
30
SHARES
Share on FacebookShare on Twitter

संसदमा दर्ता भएको सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकको विरोधमा विराटनगरका अभियन्ताहरूले शुक्रबार सडकमा प्रदर्शन गरेका छन् । आफू अनुकूल सरकारले व्याख्या गर्न सक्ने भाषामा लेखिएको तथा सामान्य कसुरमा पनि फौजदारी कानुन लगाउने गरी जनताको बोल्न पाउने अधिकारमा हनन गर्न खोजिएको भन्दै अभियन्ताहरू सडकमा उत्रेका हुन् । विराटनगर नागरिक अभियानले विराटनगरको ट्राफिक चोकमा सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गरेको ‘सामाजिक संजालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले वाक स्वतन्त्रताको साथै मानवअधिकार र लोकतान्त्रिक मूल्य र मान्यतामा असर पुर्याउने भन्दै प्रदर्शन गरिएको थियो । दिउँसो साढे ३ बजेदेखि साढे ४ बजेसम्म भएको प्रदर्शनमा विराटननगरका युवाहरूको साथै विभिन्न सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए ।

कार्यक्रमका संयोजक अभियन्ता वसन्त अधिकारीका अनुसार कार्यक्रमले सरकारद्वारा प्रस्तावित विधेयकका विवादास्पद प्रावधानहरूमाथि सार्वजनिक ध्यानाकर्षण गराउने उद्देश्यले यो प्रदर्शन गरिएको हो । प्रस्तावित विधेयकले नागरिकहरूको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने खतरा रहेको अभियन्ताहरूको भनाइ छ । विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको अधिकार खोसेर लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै युवाहरूले विरोध जनाएका थिए । अभियानका संयोजक अधिकारीले बोलेकै, लेखेकै वा अरु कसैको पोस्ट पनि लाइक वा सेयर गरेकै भरमा कसैलाई थुनछेक वा कारबाही गर्ने कानुन ल्याउन नहुने बताए ।

युट्युब च्यानल प्रोजेक्ट कुराका कन्टेन्ट क्रिएटर सरोज कार्कीले अस्पष्ट रूपमा तयार गरिएको यो विधेयक पास हुन नहुने बताए । कार्यक्रमको समापनमा बोल्दै उनले सामाजिक सञ्जाल वा प्लेटफर्महरूलाई नियमन गर्नुपर्ने साटो नियन्त्रणको बाटोमा जानु खतरनाक भएको बताए । उनले भने, ‘सरकार विरुद्ध कसैले नबोलून् भनेर सरकारले फौजदारी कानुनको नाममा जनतालाई तर्साउन खोजेको छ।’ कार्यक्रममा शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, कानुन व्यवसायी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । 

Related Posts

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

by आवर कोशी
माघ ६, २०८२
0

नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेलगत्तै सुनसरी ४ बाट उम्मेदवार बनाएको अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गरेको छ । जिल्ला...

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

by आवर कोशी
माघ ५, २०८२
0

प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले सुनसरीमा उम्मेदवार फेरवदल गरेको छ । नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेका अवुल हुसेन अन्सारीलाई...

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार
प्रदेश

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

by आवर कोशी
माघ ६, २०८२
0

नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेलगत्तै सुनसरी ४ बाट उम्मेदवार बनाएको अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गरेको छ । जिल्ला...

Read more
सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

माघ ५, २०८२
कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

पुस २८, २०८२
इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

पुस २२, २०८२
नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

पुस २०, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    694 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    379 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.