इनरुवा । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । सुनसरीको भोक्राहा गाउँपालिकाले सिनियर टोलीका खेलाडी राजवंशी र यू–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २० हजार १०० रुपैयाँसहित उनीहरूलाई शुक्रबार सम्मान गरेको हो । दुवै खेलाडीहरुलाई भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष अजमल अख्तर आजाद,उपाध्यक्ष सुनिताकुमारी उराँव,प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे,सुनसरी युथ क्लबका अध्यक्ष अफजल हुसेन सहितकाले नगद र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

कुनै बेला क्रिकेटको उर्वरभूमि मानिएको कोशी प्रदेशबाट अहिले राष्ट्रिय सिननियर टिममा ललित र यू–१९ मा दिपेश मात्र छन् । उनीहरुलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले जनही १ लाख ११ हजार र विराटनगर महानगरपालिकाले जनही एक लाख एक हजारसहित सम्मान गर्ने घोषणा गरेको छ । दीपेशले यूएईको यू–१९ टोलीविरुद्ध हृयाट्रिक विकेट लिएर नेपाललाई यू–१९ विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ललितले विश्वकप लिग–२ श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु
श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...









