ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

अस्ट्रेलियाविरुद्ध कसरी खेल्ने ?

आवर कोशी by आवर कोशी
जेष्ठ २७, २०७८
अस्ट्रेलियाविरुद्ध कसरी खेल्ने ?
59
SHARES
Share on FacebookShare on Twitter

फुटबल विकासको आधार, खेलाडीको कौशल र वर्तमान टिमको अवस्थालाई सरसर्ती हेर्दा नै नेपालको लागि अस्ट्रेलियाको चुनौती एउटा ठूलै पहाडजस्तो हो । जसलाई छिचोल्ने प्रयास नेपालले शुक्रबार गर्दैछ । नेपाली टिमले एसियाली फुटबलकै महारथी अस्ट्रेलियाविरुद्धको प्रतिस्पर्धासँगै विश्वकप २०२२ छनोटको यात्रा पूरा गर्दैछ ।

विश्वकपमा पछिल्ला चारै संस्करणको फाइनल चरणमा प्रतिस्पर्धा गरेको अस्ट्रेलियाविरुद्ध नेपालले एकपल्टमात्रै खेलेको छ । त्यो पनि यसैपालीको विश्वकप छनोटमा । एसियन कप २०२३ को पनि छनोट हो यो । १० अक्टोबर, २०१९ मा क्यानबेरा रंगशालामा भएको भेटमा अस्ट्रेलियाले नेपालमाथि सहजै ५–० को जित निकालेको थियो । नेपाली खेलाडीहरूलाई आफ्नै पेनाल्टी क्षेत्र वरिपरि सीमित पारेको खेलमा जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए भने डिफेन्डर ह्यारी साउटरले दुई गोल गर्न भ्याएका थिए ।

अस्ट्रेलियामा नेपाली टिम स्वीडिस प्रशिक्षक योहान कालिनले सम्हालेका थिए । उनीपछि बालगोपाल महर्जन आए । अहिले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी जिम्मेवारीमा छन् । विपक्षीलाई गोल गर्न नदिएसम्म हारिदैन भन्थे कालिन । उनले नेपाली टिमलाई त्यसैगरी खेलाउथे । डिफेन्स बलियो बनाएर काउन्टर आक्रमणमामात्रै अगाडि बढ्ने रणननीत अंगालेका थिए । उनले अस्ट्रेलियाविरुद्ध नेपाली टिमलाई त्यसैगरी खेलाएका थिए ।

एसियन कप २०१५ को च्याम्पियन अस्ट्रेलियाविरुद्ध फेरि प्रतिस्पर्धा गर्ने संघारमा आइपुग्दा नेपाली टिममा ठूलै परिवर्तन भएको छ । कालिनको टिममा क्यानबेरामा पहिलो रोजाईमा खेलेका ७ खेलाडीमात्रै अहिले कुवेत सिटीमा पुगेका छन् । यसमा गोलकिपर किरण चेम्जोङ, डिफेन्समा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, मिडफिल्डका विशाल राई, अन्जन विष्ट र फरवार्ड अभिषेक रिजाल छन् । विंगर सुजल श्रेष्ठ र रवि पासवान तथा डिफेन्डरद्वय देवेन्द्र तामाङ र रन्जित धिमाल स्वदेशमै छन् । त्यस बेला वैकल्पिक खेलाडीको रुपमा रहेका सुमन अर्याल, सन्तोष तामाङ, सुनिल बल र नवयुग श्रेष्ठ यसपाली खेलिरहेका छन् ।

अस्ट्रेलियाविरुद्ध खेलेका त्यो टिमका १२ खेलाडी अब्दुल्लाहको टिममा अटाएनन् । केहीलाई चोटले सतायो भने केही खेलाडी प्रशिक्षकको योजनामा परेनन् । केहीले लय गुमाएमा पनि राष्ट्रिय टिममा स्थान पनि गुमाए । त्यसैले १२ खेलाडीको लागि नयाँ प्रतिद्वन्द्वी हुँदैछ अस्ट्रेलिया । प्रशिक्षक अब्दुल्लाहले ठूला टिमविरुद्ध पनि आक्रमक खेललाई निरन्तरता दिने बताएका छन् । फिफा वरीयतामा १३० स्थानमाथिको प्रतिद्वन्द्वीविरुद्ध उनको आक्रमक शैलीको रणनीति नेपाली टिमलाई घातक त हुने छैन ? झण्डै दुई वर्षअघि क्यानबेरामा पूरा समय अस्ट्रेलियाली आक्रमण झेलेका मिडफिल्डर सुजल श्रेष्ठ र डिफेन्डर रन्जित धिमाल (जो अहिलेको टिममा छैनन्) को सुझाव :

रक्षात्मक खेल्नै राम्रो : सुजल श्रेष्ठ

मैले ९० मिनेट खेल्दा उनीहरूको मैदान (क्यानबेरा) थियो । मौसम फरक थियो । अहिले पनि नेपाली टिमले बाहिरै खेल्दैछ । मौसम फरक नै छ ।

हामीले अस्ट्रेलियाविरुद्ध एउटा पनि गोलको अवसर बनाएका थिएनौं । एउटै मौका पाएका थिएनौं । हामी ५–० ले हारेका थियौं । मलाई भित्री रुपमै नराम्रो हार लागेको थियो । किनभने हामीले लामो अवधि तयारी गरेका थियौं । गोल त खाइन्छ तर त्यत्रो गोल नखाऔं भनेर लागिपरेका थियौं । तर, सकिएन । तैपनि त्यो प्रदर्शनमा अस्ट्रेलियामा रहेका नेपालीहरू खुसी नै थिए । तर, मलाई चाहिँ अझै राम्रै गर्नसक्थ्यौं जस्तो लागेको थियो ।

हामीले अस्ट्रेलियाविरुद्ध आक्रमकभन्दा रक्षात्मक खेल्दै राम्रो हुन्छ जस्तो लाग्छ । कोचले पछिको साफ च्याम्पियनसिपको तयारी भनेर आक्रमक खेलाइरहनुभएको छ । त्यो हिसाबले आक्रमक खेल राम्रो हो । तर, नेपालको खुसी र गौरवको लागि रक्षात्मक खेल्नु राम्रो हो जस्तो लाग्छ । अस्ट्रेलिया अफैले पनि कसरी खेल्छ भन्ने हेर्नुपर्छ ।

अस्ट्रेलियाविरुद्ध नेपालको प्रतिस्पर्धाको नतिजा सबैले अनुमान गर्ने चिज नै हो । यसबारे मैले केही भन्नुपर्ने जस्तो लाग्दैन । यो खेलमा हामीलाई केही सिक्ने अवसर मिल्छ । अस्ट्रेलिया विश्वकप खेल्ने टिम हो । अस्ट्रेलिया यो छनोटमा समूहको शीर्षस्थानमा छ । उसको स्तर र अवस्था बुझेकै छ, यस्तो टिमविरुद्ध हाम्रो खेलको अनुमान सहजै गर्नसक्छौं । यति बलियो टिमविरुद्ध खेल्दा हामीले सिक्ने मौका पाउनेछौं ।

नयाँ प्रशिक्षकको आगमनले खेलाडीहरूमा जोसमा छन् । प्रदर्शन सबैको उस्तै छ । अन्जन (विष्ट) ले इराक र ताइपेइसँग राम्रो खेलेका थिए । नयाँ खेलाडी मनीष (डाँगी) ले राम्रो गरिरहेका छन । मलाई उनको प्रदर्शनमा एकदम चित्त बुझेको छ । उनलाई पछि आएर (सब्स्टिच्युटको रुपमा खेलेर) पनि एकदम मिहिनेत गरेर खेल परिवर्तन गर्ने खालका खेलाडीको रुपमा देखेको छु ।

टिमको समस्या नकोट्याउँ । कोचले पछिसम्मलाई सोंचेर आफ्नो हिसाबले योजना बनाएको हुन्छ । अभाव देखिन्छ तर त्यो पछिको लागि सोच्नुभएको हो । त्यो सोच राम्रो हो । नयाँ कोच भएपछि सुरुमा सबै जोसमा हुन्छन् । तर, त्यो जोस पछिसम्म हुनुपर्‍यो ।

सक्छु भनेर खेल्नुपर्छ : रन्जित धिमाल

अहिलको कोचले अट्याकिङ फुटबल खेल्ने भनिरहनुभएको छ । अस्ट्रेलियाजस्तो टिमसँग हामीले गुमाउनु पर्ने केही छैन । हामीले सिक्ने नै हो । त्यसैले हामीले राम्रो फुटबल खेल्नुपर्छ जस्तो लाग्छ । अट्याकिङ गर्ने र त्यत्तिकै डिफेन्डिङ पनि गर्ने ।

क्यानबेरमा एकदमै रक्षात्मक खेलेका थियौं । अस्ट्रेलियाली खेलाडीलाई रोक्न एकदमै गाह्रो थियो । कोचको निर्देशनअनुसार जुन रक्षात्मक खेल खेलेका थियौं, राम्रै खेलेजस्तो लाग्छ । अस्ट्रेलियाको त्यो टिमलाई रोक्न एकदम गाह्रो नै थियो । डिफेन्डिङ सेपमा खेल्ने कोचको रणनीतिलाई हामीले पूर्ण उपयोग गरेजस्तो लाग्छ । रक्षात्मक खेल्ने, पायो भने काउन्टर अट्याक गर्ने रणननीत थियो । काउन्टर अट्याक खासै भएन । हामीले त्यस्तो उल्लेखयोग्य आक्रमण गरेको थिएन ।

अहिलेको टिमले विगतकोभन्दा राम्रो अट्याकिङ गेम खेलिरहेको छ । पहिलाभन्दा अलिकति सुधारिएको खेल खेलिरहेको छ । हामीले इराकजस्तो टिमलाई २ गोल (६–२ को हार) गर्नु भनेको एकदम राम्रो हो । चाइनिज ताइपेइलाई मिडफिल्डमा राम्रो पोजिसन राखेरै २–० ले हरायो । जोर्डनसँग पनि बल पोजेसन राख्ने प्रयास गरिरहेको थियो । खाएका तीनै गोल ‘सेट पिस’ मा हो । गोल गर्नसक्ने एक–दुई अवसर सिर्जना पनि गरेको थियो । हामीले अस्ट्रेलियासँग पनि सक्छु भनेर खेल्नुपर्छ । नसक्ने भन्ने हुँदैन । एउटा खेलाडी भएपछि हरेस खानु हुँदैन । सक्छु भन्ने कन्फिडेन्स हुनुपर्छ ।
कान्तिपुरबाट

Related Posts

छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु

छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु

by आवर कोशी
अशोज ३, २०८२
0

श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...

कोशीमा अध्यक्ष कप फुटबल प्रतियोगिता

कोशीमा अध्यक्ष कप फुटबल प्रतियोगिता

by आवर कोशी
माघ २६, २०८१
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ५ स्थित कुम्याहीमा रहेको मिल्लत स्पोर्टीङ्ग फुटबल क्लबको मैदानमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु...

वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन

वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन

by आवर कोशी
माघ २०, २०८१
0

कोशी गाउँपालीका वडा नम्बर ७ स्थित हरिपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधी भण्टाबारीले जितेको छ । शनिवार सम्पन्न फाइनल...

भण्टाबारी वडाध्यक्ष क्रिकेटको फाइनलमा

भण्टाबारी वडाध्यक्ष क्रिकेटको फाइनलमा

by आवर कोशी
माघ १८, २०८१
0

भण्टाबारी कोशी गाउँपालीका वडा नम्बर ७ स्थित हरिपुरमा जारी वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रवार इटहरीलाई...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.