भोक्राहा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीकामा जारी प्रथम वडा अध्यक्ष कप प्रतियोगितामा वडा नम्बर १ विजयी भएको छ । आइतबार भएको खेलमा भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ८ लाई ४ : १ गोलले हराउँदै भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर १ सेमिफाइनलमा प्रवेश गरेको आयोजक अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष मोजममिल अन्सारीले जानकारी दिए ।

भोलि सोमबार पहिलो सेमिफाइनल खेलमा भोक्राहा नरसिंह-४ र ६ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ को आयोजना तथा भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ एवं भोक्राहा नरसिंह गाउँपालीकाको आर्थिक व्यवस्थापनमा पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु
श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...









