ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

आजदेखि युरोकप : यस्ता छन् प्रमुख उपाधि दाबेदार टिम

आवर कोशी by आवर कोशी
जेष्ठ २८, २०७८
आजदेखि युरोकप : यस्ता छन् प्रमुख उपाधि दाबेदार टिम
62
SHARES
Share on FacebookShare on Twitter

कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ ।

मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम त पूर्वविजेता मात्रै छन् । अहिलेसम्म १० टिमले उपाधि जित्दा ग्रीस मात्र यसपटक छनोट हुन सकेन । त्यसैले पनि यसपटक युरोकप प्रतिस्पर्धात्मक हुन सक्छ ।

युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ । उदघाटन खेल इटली र टर्कीबीच रोममा हुनेछ भने जुलाई ११ मा लण्डनस्थित वेम्बलीमा फाइनल खेल हुनेछ ।

उपाधि दाबेदार भएर पनि अहिलेसम्म युरोकप जित्न नसकेका बेल्जियम र इंग्ल्याण्ड पनि यस पटक खेल्दैछन् ।

सहभागी २४ मध्ये झण्डै एक तिहाइ टिम उपाधिको दाबेदारको रुपमा छन् । साविक विजेता पोर्चुगल, विश्व विजेता र साविक उपविजेता फ्रान्स, सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनी र स्पेन अनि विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम प्रमुख दाबेदारको रुपमा छन् । यस्तै इंग्ल्याण्ड, एक पटकको विजेता इटली र नेदरल्याण्ड्स पनि उपाधि दाबेदारकै रुपमा छन् ।

पूर्व च्याम्पियनमध्ये डेनमार्क, रसिया र चेक रिपब्लिकलाई उपाधि दाबेदारको रुपमा हेरिएको छैन । डेनमार्क र नेदरल्याण्ड्स २०१६ मा छनोट हुन नसके पनि यस पटक पुनरागमन गरेका छन् ।

यसबाहेक सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा अप्रत्यासितरुपमा फाइदा पुगेको क्रोएसियाले पनि अर्को अप्रत्यासित नतिजा निकाल्न सक्छ ।

पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा रहेकाले एक पूर्व विजेताको यात्रा समूह चरणबाटै समाप्त हुन पनि सक्छ । तर ६ वटै टिमको शीर्ष दुई टिमसँगै तेस्रो हुनेमध्ये चार टिम पनि प्रिक्वाटरफाइनलमा पुग्ने भएकाले तीनवटै टिम नकआउट पनि पुग्न सक्छन् । त्यसका लागि सबै ६ टिमको नतिजा र अन्य समूहको नतिजा निर्णायक हुनेछ ।

कोरोना महामारीले गर्दा गत वर्ष नै हुनुपर्ने युरोकप एक वर्ष पछि सरेको थियो ।

युरोकपको यस संस्करणमा उपाधि दाबेदारको रुपमा रहेका टिमहरु यस्ता छन् –

फ्रान्स

पाँच वर्षअघि घरेलु मैदानमा भएको युरोकप फाइनलमा पराजित फ्रान्सले २०१८ मा विश्वकप जित्दै आफूलाई प्रमाणित गरेको थियो ।

साविक उपविजेता एवम् विश्व विजेता फ्रान्सलाई यसपटक उपाधि दाबेदारको रुपमा हेरिएको छ । विश्व वरीयतामा बेल्जियमभन्दा पछि रहेको फ्रान्स दोस्रो स्थानमा छ ।

दुई पटकको च्याम्पियन फ्रान्स तेस्रो पटक युरो उपाधि जित्ने योजनामा छ । करिब बेन्जामा झण्डै ६ वर्षपछि फ्रेन्च टिममा पुनरागमन गरेका छन् । युवा स्टार किलिएन एमबाप्पे, एन्टोनी ग्रीजमन, पउल पोग्वा, एनगोलो कान्टे जस्ता उत्कृष्ट खेलाडीहरु फ्रन्च टिममा छन् । गोलकिपर हुगो लोरिसको कप्तानीमा रहेको फ्रान्सलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ ।

जर्मनी र स्पेनपछि फ्रान्स एकभन्दा बढी युरोकप उपाधि जित्ने टिम हो । प्रान्स दुई पटक च्याम्पियन बनिसकेको छ । छनोट चरणमा एक खेल हारे पनि फ्रान्स समूह एचमा शीर्ष स्थानमा रहेको थियो ।

पोर्चुगल

सन् २००४ मा घरेलु मैदानमा भएको युरोकपमा उपविजेता बनेको पोर्चुगलले २०१६ मा फ्रान्सलाई उसैको मैदानमा पराजित गर्दै पहिलो पटक युरो कप जितेको थियो ।

सुपर स्टार क्रिस्टियानो रोनाल्डोको नेतृत्व पोर्चुगल फेरि एक पटक उपाधि जित्ने लक्ष्यमा छ । प्रिमियर लिगको प्लेअर अफ दि इअर बनेका रुबेन डियाज, म्यानचेष्टर युनाइटेडका ब्रुनो फर्नान्डेज, म्यानचेष्टर सिटीका ब्रुनो शिल्भा जस्ता खेलाडी चल्ने हो भने पोर्चुगलका लागि उपाधि रक्षा गर्न सम्भावना रहन्छ ।

विश्व वरीयतामा पाँचौ स्थानमा रहेको पोर्चुगलसँगै फ्रान्स र जर्मनी यसपटक एउटै समूहमा छन् । ‘ग्रुप अफ डेथ’बाट टिमहरु कसरी अगाडि बढ्छन् त्यसबाट उपाधि होड अझै क्लियर हुनेछ । छनोटमा समूह ‘बी’ मा रहेको पोर्चुगल युक्रेनभन्दा पछि दोस्रो स्थानमा रहेर छनोट भएको थियो ।

स्पेन

जर्मनीसँगै सर्वाधिक ३ पटक विजेता स्पेन लगातार दुई पटक युरोकप जित्ने पहिलो टिम हो । २००८ मा स्पेनको गोल्डे जेनेरेसनले युरोकप जित्दै त्यसको सुरुआत गरेको थियो । सन् २०१० मा विश्वकप जितेको स्पेनले २०१२ मा फेरि युरोकप जित्दै लगातार तीन ठूला प्रतियोगिताको उपाधि जितेको थियो ।

लुइस एनरिकेको टिममा यस पटक नियमित कप्तान सर्जियो रामोस हुने छैनन् । यस्तै २६ खेलाडी टिममा राख्न पाउनेमा उनले २४ खेलाडी मात्र छाने । त्यसमा पनि कप्तान सर्जियो बुस्केट र डिएगो लरेन्टेलाई कोरोना संक्रमण भएको छ । अहिले टिम आइसोलेसनमा छ । त्यसैले एनरिकेले ब्याकअपका लागि अरु खेलाडीहरु समेत बोलाएका छन् ।

प्रतियोगितामा स्पेन कसरी अघि बढ्छ त्यो समयले देखाउने छ । यस पटक स्पेनमा स्टार खेलाडी नभए पनि प्रतिभावान युवा खेलाडीहरु छन् । फेरान टोरेस, पेड्री, ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका जेरार्ड मोरेनो जस्ता खेलाडी टिममा छन् ।

फिफा वरीयतामा स्पेन छैटौं स्थानमा छ । छनोटमा स्पेन अपराजित रहेको थियो ।

 

बेल्जियम

पछिल्लो समय बेल्जियमको टिमलाई गोल्डेन जेनेरेसनको रुपमा हेरिएको छ । तर २०१६ को युरोकप र २०१८ को विश्वकपमा उपाधि दाबेदार मानिए पनि बेल्जियम फाइनल पुग्न सकेन ।

फिफा विश्व वरीयतामा अहिले शीर्ष स्थानमा रहेको बेल्जियम छनोटमा समूह ‘आई’मा अपराजित रहँदै सबै खेल जितेको रहेको थियो ।

एडेन हाजार्डको फिटनेस बेल्जियमको लागि टाउको दुखाई बने पनि टिममा अरु क्षमतावान खेलाडी छन् । म्यानचेष्टर सिटीबाट खेल्ने केभिन डे ब्रुएनाले चोटका कारण पहिलो खेल गुमाउने सम्भावना छ । यद्यपि मुख्य गोलकर्ता रोमेलु लुकाक, गोलकिपर थिबाउट कोर्तवा जस्ता खेलाडीको साथ बेल्जियमलाई छ ।

जर्मनी

सन् २०१८ को विश्वकपमा साविक विजेता भएर पनि समूह चरणबाटै बाहिरिएको जर्मनी यस पटक युरोकपमा त्यो खराब क्षणलाई बिर्साउने लक्ष्यमा हुनेछ । २०१६ को युरोमा जर्मनी सेमिफाइनलमै पराजित भएको थियो ।

फिफा वरीयतामा १२औं स्थानमा रहेको जर्मनीलाई पुनरागमनका लागि पनि यो युरोकप महत्वपूर्ण सक्नेछ । छनोट चरणमा जर्मनी समह ‘सी’ मा अपराजित रहँदै शीर्ष स्थानमा रहेको थियो ।

थोमस मुलर र माट हुमेल्सले २ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । प्रशिक्षक योकम लोले पनि यस युरोकपपछि जर्मनीको टिम छाड्दैछन् । त्यसैले छाड्नुअघि उनी सुखद रुपमा अन्त्य गर्न चाहन्छन् । टिमे वेर्नर, काइ हाभार्ट, लरे साने, जोसुअ किम्मिक जस्ता खेलाडीहरुको प्रदर्शन जर्मनीको लागि महत्वपूर्ण बन्न सक्छ।

अहिलेसम्म सर्वाधिक १२ पटक युरोकप खेलेको जर्मनी ६ पटक फाइनल पुगेको थियो । जसमा पश्चिम जर्मनीको रुपमा २ र जर्मनी एकीकरणपछि एक गरी समग्रमा ३ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको थियो । स्पेनसँगै जर्मनी पनि सर्वाधिक ३ पटक उपाधि जित्ने टिम हो ।

इंग्ल्याण्ड

फिफा वरीयतामा चौथो स्थानमा रहेको इंग्ल्याण्ड जुनसुकै ठूलो प्रतियोगितामा सदाबहार दाबेदारको रुपमा रहन्छ । तर सन् १९६६ को विश्वकप विजेता इंग्ल्याण्डले अहिलेसम्म युरोकप उपाधि जित्न सकेको छैन । हरेक प्रतियोगिताअघि इंग्ल्याण्डको जति चर्चा हुन्छ प्रतियोगितामा इंग्ल्याण्डको प्रदर्शन उस्तै देखिँदैन । छनोटमा समूह ‘ए’ मा अपराजित रहेको इंग्ल्याण्ड शीर्ष स्थानमा रहेर छनोट भएको थियो ।

पाँच वर्षअघि इंग्ल्याण्डलाई आइसल्याण्डले प्रि-क्वाटरफाइनलमा अप्रत्यासित रुपमा पराजित गरेको थियो ।

यस पटक हृयारी केनको नेतृत्वमा रहेको इंग्लिस टोलीमा फिटनेसको समस्या छ । ट्रेन्ट अलेकजान्डर, आर्नोल्ड चोटकै कारण टिमबाट बाहिरिसकेका छन् । सेन्टर ब्याक हृयारी मगुएरो पनि पूर्ण फिट छैनन् ।

रहिम स्टर्लिङ, मार्कुस रासफोर्ड र जोर्डन हेन्डरसन उस्तै छैनन् । तर युवा खेलाडीहरु फिल फोडेन, मासोन माउन्ट र जाडोन सान्चोको आगमनले इंग्ल्याण्डलाई राहत मिलेको छ । प्रशिक्षक गारेथ साउथगेटले टिमलाई कसरी अगाडि बढाउने छन् हेर्न बाँकी छ ।

इटली

इटली सन् २०१८ को युरो कपमा जर्मनीसँग क्वाटरफाइनलमा पराजित भएको थियो । त्यसको दुई वर्षपछि भएको विश्वकपमा इटली छनोट हुन सकेन । त्यसपछि टिममा अहिले धेरै परिवर्तन आइसकेको छ ।

फिफा वरीयतामा सातौं स्थानमा रहेको इटलीले एक पटक युरोकप जितेको छ । बेल्जियम जस्तै इटलीले पनि छनोट चरणमा समूह ‘जे’ मा सबै खेल जितेको थियो ।

इटली २०१८ यता अपराजित छ । रोबर्टो मान्सिनीले टिम सम्हालेपछि पोल्याण्डसँग ड्र खेलेको इटली त्यसपछि पोर्चुगलसँग नेसन्स लिगमा पराजित भएको थियो । २०१८ सेप्टेम्बरपछि इटली २७ खेलमा अपराजित छ ।

नेदरल्याण्ड्स

इटली जस्तै पछिल्लो समय नेदरल्याण्ड्सको टिममा धेरै परिवर्तन भएको छ । २०१६ को युरोकपमा छनोट हुन नसकेको सन् १९८८ को विजेता नेदरल्याण्ड्सले प्रतियोगितामा पुनरागमन गरेको छ ।

समूह ‘सी’ मा जर्मनीपछि दोस्रो स्थानमा रहेर नेदरल्याण्ड्स युरोकपका लागि छनोट भएको हो ।

यसअघि नै कप्तान भर्जिल भान डाइकले युरोकप नखेल्ने घोषणा गरेपछि जर्जिनिओ विज्नाल्डमले नेदरल्याण्ड्सको कप्तानी गर्ने सम्भावना छ । फ्रान्क डे बोएरको टिममा उनीसँगै मेम्पिस डिपाए, माथिस डे लिग्ट, फ्रेँकी डे जोङ, राएन ग्राभेनबर्च जस्ता युवा खेलाडीहरु छन् ।

Tags: फुटबलयुरोकप

Related Posts

छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु

छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु

by आवर कोशी
अशोज ३, २०८२
0

श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...

सशस्त्र प्रहरीको उपलब्धि : छ करोड बढी राजस्व असुली, ठुलो परिणाममा लागूऔषध बरामद

सशस्त्र प्रहरीको उपलब्धि : छ करोड बढी राजस्व असुली, ठुलो परिणाममा लागूऔषध बरामद

by आवर कोशी
साउन ३, २०८२
0

सुनसरी । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न प्रकारका लागू औषधसहित ठूलो...

कोशीमा अध्यक्ष कप फुटबल प्रतियोगिता

कोशीमा अध्यक्ष कप फुटबल प्रतियोगिता

by आवर कोशी
माघ २६, २०८१
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ५ स्थित कुम्याहीमा रहेको मिल्लत स्पोर्टीङ्ग फुटबल क्लबको मैदानमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु...

वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन

वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन

by आवर कोशी
माघ २०, २०८१
0

कोशी गाउँपालीका वडा नम्बर ७ स्थित हरिपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधी भण्टाबारीले जितेको छ । शनिवार सम्पन्न फाइनल...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.