भोक्राहा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-३ डलवा टाेलमा जारी शिवगंज प्रीमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार दुईवटा खेल सम्पन्न भएकाे छ । भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-३ डलवा टाेलमा पहिलाे पटक शिवगंज प्रिमसयर लिग उपभोक्ता समितिकाे आयाेजनामा जारी प्रतियोगिताको शनिबार बिहान सम्पन्न भएको पहिले खेलमा सुपर किंग ११ लाई ३२ रनले हराउँदै पंचायन क्रिकेट क्लब विजयी भएको आयोजक समितिका अध्यक्ष पंकज यादवले जानकारी दिए । खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै पंचायन क्रिकेट क्लबले १११ रनको योगफल तयार पारेको थियो । जवाफ १११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको सुपर किंगले ७९ रन मात्रै बनाउन सक्यो ।

पहिले खेलको म्यान अफ द म्याच पंचायन क्रिकेट क्लबका संगम दाहाल घोषित भए । यस्तै दोस्रो खेलमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसलाई लाई ५ विकेटले हराउँदै बजरंगी क्रिकेट क्लब विजयी भएको आयोजक संस्थाका सचिव शिवन यादवले जानकारी दिए । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसले दिएको १३६ रनको चुनौती १३ ओभरमा ५ विकेट गुमाउँदै बजरंगी क्रिकेट क्लब विजयी भएको हो । ६७ रन बनाउनुका साथै ३ विकेट लिएका बजरंगी क्रिकेट क्लबका शिवम यादव खेलको म्यान अफ द म्याच भएको आयोजकले जनाएको छ ।

मंसिर २७ गते बाट सुरु भएकाे प्रतियोगिताको पुस ७ गतेसम्म संचालन हुने छ भने प्रतियोगितामा भारतका चार गरी जम्मा १६ वटा टीम सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५१ हजारसहित सिल्ड,मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले नगद ३० हजारसहित सिल्ड,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ ।
छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु
श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...









