भोक्राहा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-३ डलवा टाेलमा जारी शिवगंज प्रीमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत रोमाञ्च क्वाटरफाइनल खेल जित्दै कोशी क्रिकेट क्लब भण्टाबारी सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान सम्पन्न भएको खेलमा भोक्रहा नरसिंह गाउँपालीका वडा नम्बर ७ लाई हराउँदै भण्टाबारी सेमिफाइनलमा प्रवेश गरेको हो ।

१६-१६ ओभरको खेलमा भोक्रहा नरसिंह गाउँपालीका वडा नम्बर ७ ले दिएको ६२ रनको लक्ष्य भण्टाबारीले अन्तिम ओभरमा ९ विकेट गुमाएर पूरा गरेको हो । एक समय ४२ रन पुग्दा ९ विकेट गुमाइसकेको भण्टाबारीका लाई सहवाज आलम र दीपेश सरदारले सुझबुझका साथ ब्याटिङ गर्दै भण्टाबारीलाई सेमिफाइनलमा प्रवेश गराएका हुन । अन्तिम ५ बलमा जितको लागि ६ रन चाहिएको अवस्थामा भण्टाबारीका सहवाज आलमले छक्क प्रहार गरी खेल जिताए । ४ विकेट लिनुका साथै अविजित ११ रन बनाएका भण्टाबारीका दीपेश सरदार खेलको म्यान अफ द म्याच घोषित भएको आयोजकले जनाएको छ ।

शिवगंज प्रिमसयर लिग उपभोक्ता समितिकाे आयाेजनामा भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-३ डलवा टाेलमा पहिलाे पटक क्रिकेट प्रतियोगिता आयोजना गरिएको भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-३ का वडा अध्यक्ष धीरेन्द्रकुमार यादवले जानकारी दिए । मंसिर २७ गते बाट सुरु भएकाे प्रतियोगिताको पुस ७ गतेसम्म संचालन हुने छ भने प्रतियोगितामा भारतका चार गरी जम्मा १६ वटा टीम सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५१ हजारसहित सिल्ड,मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले नगद ३० हजारसहित सिल्ड,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ । यसैगरी सोमबार नै सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा भारतको बरियाकमाल लाई हराउँदै बिराटनगर सेमिफाइनलमा प्रवेश गरेको छ ।
छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु
श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...









