इनरुवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुनसरीबाट १४ जना खेलाडी छनोट गरिएको छ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुनसरी जिल्ला छनोट प्रतियोगिताबाट सोनू मण्डलको नेतृत्वमा अन्तिम १४ जना खेलाडी छनोट गरिएको हो ।

सुनसरी जिल्ला छनोटबाट पहिलोपटक इनरुवाका १२ वर्षका अफ्फान ताहिरले टोलिमा पर्न सफल भएका छन् । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुनसरी जिल्ला छनोट प्रतियोगिताबाट सोनू मण्डलको नेतृत्वमा छनोट भएको टोलिको उपकप्तानको जिम्मेवारी भोपाल लुईटेल दिइएको छ ।

विकेटकिपर रितेश राय,प्रकाश कार्की,विकेटकिपर सुमन गहतराज,समिर तिम्सीना,गौरभ कट्वाल,परिवर्तन के.सी.,शिवम यादव,रोहन साह, अटल मिश्रा,अफ्फान ताहिर र आशिष मण्डल पर्न सफल भएका छन् ।

यसैगरी चारजना वैकल्पिक खेलाडीको रूपमा अभिषेक शर्मा,रोशन खत्री सृजन भण्डारी र मो.आरिफ रहेका छन् । टीम मेनेजरको जिम्मेवारी अफजल हुसेन दिइएको छ ।
छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु
श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...









