कोशी । सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ४ मा नेशनल युथ स्पोर्टिङ युथ क्रिकेट क्लब जुद्धगंजको आयोजना अध्यक्ष कप नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोशी गाउँपालीकाको कार्यालयको मुख्य एवं कोशी गाउँपालीका वडा नम्बर ३ र ४ नम्बर वडा कार्यालयको समेत सहयोगमा शनिबारबाट सुरु भएको अध्यक्ष कप्तान क्रिकेट प्रतियोगिताको कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गर्नुभयो ।

आयोजक समितिका अध्यक्ष मो.सोहेबको अध्यक्षता एवं कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्य सम्पन्न भएको उद्घाटन कार्यक्रममा कोशी गाउँपालीका वडा नम्बर ३ का अध्यक्ष सुलेमान मन्सुरी,वडा नम्बर ४ का अध्यक्ष इस्राइल मन्सुरी,समाजसेवी मो.नइम प्रधान,सदरुल मन्सुरी,रसुल मन्सुरी,अमिन नेपाली,बसिर अहमद,सराज अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन खेलमा अल्फल्लाह क्रिकेट क्लब कोशी ५ लाई हराउँदै सेभेन स्टार क्रिकेट क्लब कोशी ३ विजयी भएको आयोजक समितिका उपाध्यक्ष सज्जाद आलमले जानकारी दिनुभयो । शनिबारबाट सुरु भएको प्रतियोगिताको फाइनल पुस २२ गते हुनेछ भने प्रतियोगितामा १६ वटा टोलिको सहभागिता रहेका छन् ।

विजेताले नगद २० हजार तथा उपविजेता टोलिलाई नगद १५ हजार सहित सिल्ड मेडल तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।
छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु
श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...









