भण्टाबारी । सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ८ स्थित भण्टाबारीमा जारी प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा दुहबी क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोशी गाउँपालीकाको आर्थिक सहयोगमा आयोजित प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा यसअघि कोशी ७ लाई हराउँदै कोशी ८ भण्टाबारी बि , दोस्रो खेलमा भारदह लाई हराउँदै रुपनी र तेस्रो खेल जित्दै कोशी ४ क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।

मंगलबार राति सम्पन्न भएको खेलमा शिवगंज क्रिकेट टीमलाई पराजित गर्दै दुहबी क्वाटरफाइनलमा प्रवेश आयोजकले जनाएको छ । मंगलबार राति सम्पन्न भएको खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई नाँलेज फाउन्डेसन एकेडेमी कोशी ६ का प्रअ देवकान्त मेहता र सहायक प्रअ बिपिन सिंहले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । बुधवार कोशी ब्यारेज र हनुमान नगरबीच प्रतिस्पर्धा हुने आयोजक कोशी क्रिकेट क्लवका सचिव सज्जाद आलमले जानकारी दिए । ११ गतेदेखि चैत २६ गतेसम्म संचालन हुने प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सुनसरी र सप्तरी जिल्लाका गरी विभिन्न १६ वटा टोलिको सहभागिता रहेको आयोजकले जनाएको छ ।
छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु
श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...









