भण्टाबारी । सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ८ स्थित भण्टाबारीमा जारी प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा हनुमाननगर क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधवार राति सम्पन्न भएको खेलमा कोशी ब्यारेज क्रिकेट टीमलाई पराजित गर्दै हनुमाननगर क्वाटरफाइनलमा प्रवेश आयोजकले जनाएको छ । कोशी ब्यारेजले दिएको १२८ रनको लक्ष्य हनुमाननगरले ३ विकेट गुमाउदै पूरा गरेको थियो ।

हनुमाननगरका लागि राहुल कुमारले सर्वाधिक ४१ बलमा ८० रनको आक्रमक पारी खेलेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई कोशी ८ भण्टाबारीका अस्फाक मियाँले पुरस्कार वितरक गरे । बिहिबार फुलबारी क्रिकेट क्लब इनरुवा र तिलाठी कोइलाडीबीच प्रतिस्पर्धा हुने आयोजक कोशी क्रिकेट क्लवका उपाध्यक्ष आल्मिन आलमले जानकारी दिए । ११ गतेदेखि चैत २६ गतेसम्म संचालन हुने प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सुनसरी र सप्तरी जिल्लाका गरी विभिन्न १६ वटा टोलिको सहभागिता रहेको आयोजकले जनाएको छ ।
छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु
श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...









