भण्टाबारी । सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ८ स्थित भण्टाबारीमा जारी प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा महादेवा क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति सम्पन्न भएको खेलमा मधवापुर क्रिकेट टीमलाई पराजित गर्दै महादेवा क्रिकेट टीम क्वाटरफाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ ।

टस जितेर ब्याटिङ गर्दै महादेवाले दिएको १२८ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको मधवापुर मात्र ७९ रनमा समेटियो । शुक्रावारको खेलमा महादेवाका अर्जुन शर्मा खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई कोशी ८ का समाजसेवी दिपक सिंहले पुरस्कार वितरक गरे । शनिवार आयोजक कोशी क्रिकेट क्लब भण्टाबारी र कोशी ३ पश्चिम कुसाहा बीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक मिकाइल आलमले जानकारी दिए । ११ गतेदेखि चैत २६ गतेसम्म संचालन हुने प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सुनसरी र सप्तरी जिल्लाका गरी विभिन्न १६ वटा टोलिको सहभागिता रहेको आयोजकले जनाएको छ ।
छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु
श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...









