भण्टाबारी । सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ८ स्थित भण्टाबारीमा जारी प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा भण्टाबारी ए क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिवार राति सम्पन्न भएको खेलमा कोशी टप्पु क्रिकेट टीम पश्चिम कुसाहा लाई पराजित गर्दै कोशी क्रिकेट क्लब भण्टाबारी क्वाटरफाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ ।

टस जितेर ब्याटिङ गर्दै भण्टाबारीले दिएको १३९ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको पश्चिम कुसाहा मात्र ७१ रनमा समेटियो । शनिवारको खेलमा अविजित ४५ र २ विकेट लिएका भण्टाबारीका मिस्टर खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका प्रमुख अतिथी नेपाली कांग्रेस कोशी सभापति तथा कोशी ३ का वडा अध्यक्ष सुलेमान मन्सुरीले पुरस्कार वितरण गरे ।

सो अवसरमा नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटी सदस्य तजमुल मन्सुरी, नाँलेज फाउन्डेसन एकेडेमी कोशी ६ का प्रअ देवकान्त मेहता,मिल्ली मोडेल एकेडेमी कोशी ३ का प्रअ शहाबुद्दिन अन्सारी,मिनतुल मियाँ,शमसाद आलम,नुरे आलम , संरक्षणकर्मी एवं समाजसेवी कुरबान न्यायिक समिति सदस्य कमरुद्दिन मिया, सेराज अन्सारी, बिजली, राजकुमार यादव, ममताज आलम, ऐजुल हक लगायत सयौंको उपस्थिति रहेको थियो ।

११ गतेदेखि चैत २६ गतेसम्म संचालन हुने प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सुनसरी र सप्तरी जिल्लाका गरी विभिन्न १६ वटा टोलिको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत आठो दिनको खेलको प्रमुख अतिथी वडा अध्यक्ष मन्सुरीले कोशी गाउँपालीकाको आर्थिक सहयोग स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको क्रिकेट प्रतियोगिताले मनोरञ्जन दिनुका साथ नयाँ प्रतियोगिता उत्पादनमा हुनेमा विश्वास व्यक्त गरे । सोहि अवसरमा कोशी क्रिकेट क्लब भण्टाबारी टीमलाई नाँलेज फाउन्डेसन एकेडेमी कोशी ६ ले उपलब्ध गराई दिएको जर्सी समेत हस्तान्तरण गरिएको थियो ।

कोशी क्रिकेट क्लब भण्टाबारीले आयोजना गरेको प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा कोशी गाउँपालीका मुख्य सहयोगी रहेकोमा एजुकेशनल पार्टनरको रुपमा नाँलेज फाउन्डेसन एकेडेमी कोशी ६ , मिल्ली मोडेल एकेडेमी कोशी ३ , राष्ट्रीय मावि शोभनपुर कोशी ३ लगायत रहेका छन ।
छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु
श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...










