भण्टाबारी । कोशी गाउँपालीका वडा नम्बर ८ स्थित PDM हस्पिटल नजिक रहेको खेल मैदानमा जारी प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा कोशी ४ सेमिफाइनलमा प्रवेश गरेको छ । कोशी गाउँपालीकाको आर्थिक सहयोगमा आयोजित प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा कोशी ८ लाई ६ विकेटले हराउँदै कोशी ४ सेमिफाइनलमा प्रवेश गरेको हो ।

आइतबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा कोशी ८ ले दिएको १३४ रनको चुनौती कोशी ४ ले १५ ओभरमा पूरा गरेको थियो । उसलाई १ ओभर पहिले जिताउन अविजित ५७ रनको पारी खेलेका शोएब मन्सुरी म्यान अफ द म्याच घोषित भए । उनलाई समाजसेवी हाजी उस्मान मियाँले पुरस्कार वितरण गरे । सोमबार दोस्रो क्वाटरफाइनल खेलमा रुपनी र दुहबीबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक मिकाइल आलमले जानकारी दिए । ११ गतेदेखि चैत २६ गतेसम्म संचालन हुने प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सुनसरी र सप्तरी जिल्लाका गरी विभिन्न १६ वटा टोलिको सहभागिता रहेको थियो ।
छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु
श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...










