भण्टाबारी । कोशी गाउँपालीका वडा नम्बर ८ स्थित PDM हस्पिटल नजिक रहेको खेल मैदानमा जारी प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा दुहबी सेमिफाइनलमा प्रवेश गरेको छ । कोशी गाउँपालीकाको आर्थिक सहयोगमा आयोजित प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा रुपनीलाई ४ विकेटले हराउँदै दुहबी सेमिफाइनलमा प्रवेश गरेको हो ।

सोमबार राति सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा रुपनीले दिएको १२६ रनको चुनौती दुहबीले १५ ओभरमा पूरा गरेको थियो । उसलाई १ ओभर पहिले जिताउन सुमित देवले ३४ रन बनाउनुका साथै १ विकेट लिएका उनी म्यान अफ द म्याच घोषित भए । उनलाई कोशी गाउँपालीका गाउँकार्यपालिका सदस्य बसिरन खातुनले पुरस्कार वितरण गरिन् । मंगलबार तेस्रो क्वाटरफाइनल खेलमा आयोजक कोशी क्रिकेट क्लब भण्टाबारी र हनुमान नगरबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक मिकाइल आलमले जानकारी दिए । ११ गतेदेखि चैत २६ गतेसम्म संचालन हुने प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सुनसरी र सप्तरी जिल्लाका गरी विभिन्न १६ वटा टोलिको सहभागिता रहेको थियो ।
छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु
श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...










