भण्टाबारी । कोशी गाउँपालीका वडा नम्बर ८ स्थित PDM हस्पिटल नजिक रहेको खेल मैदानमा जारी प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा आयोजक भण्टाबारी सेमिफाइनलमा प्रवेश गरेको छ । कोशी गाउँपालीकाको आर्थिक सहयोगमा आयोजित प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा हनुमाननगर लाई ५५ रनले हराउँदै भण्टाबारी सेमिफाइनलमा प्रवेश गरेको हो ।

मंगलवार राति सम्पन्न क्वाटरफाइनल खेलमा भण्टाबारीले दिएको १२७ रनको चुनौती पछ्याउने क्रममा हनुमाननगर ७१ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेटिन भण्टाबारीका मिस्टरले ३ तथा सकिल अहमदले २ विकेट लिए । खेलको म्यान अफ द म्याच मिस्टर घोषित भए । उनलाई कोशी गाउँपालीका वडा नम्बर ८ का अध्यक्ष बलराम क्षेत्रीले पुरस्कार वितरण गरे ।

बुधवार अन्तिम क्वाटरफाइनल खेलमा इनरुवा र महादेवाबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक मिकाइल आलमले जानकारी दिए । ११ गतेदेखि चैत २६ गतेसम्म संचालन हुने प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सुनसरी र सप्तरी जिल्लाका गरी विभिन्न १६ वटा टोलिको सहभागिता रहेको थियो ।
छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु
श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...










