भण्टाबारी । कोशी गाउँपालीका वडा नम्बर ८ स्थित PDM हस्पिटल नजिक रहेको खेल मैदानमा जारी प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा आयोजक इनरुवा सेमिफाइनलमा प्रवेश गरेको छ । कोशी गाउँपालीकाको आर्थिक सहयोगमा आयोजित प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा महादेवा लाई ९ विकेटले हराउँदै इनरुवा सेमिफाइनलमा प्रवेश गरेको हो । बुधवार राति सम्पन्न क्वाटरफाइनल खेलमा महादेवाले दिएको ५४ रनको चुनौती इनरुवाले १ विकेटको क्षतिमा पूरा गरेको थियो ।

खेलको म्यान अफ द म्याच इनरुवाका शेखर घोषित भए । उनलाई कोशी गाउँपालीका वडा नम्बर ८ का समाजसेवी ममताज आलमले पुरस्कार वितरण गरे । बिहिबार पहिलो सेमिफाइनल अन्तिम सेमिफाइनल आयोजक भण्टाबारी र कोशी ४ बीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक मिकाइल आलमले जानकारी दिए । ११ गतेदेखि चैत २६ गतेसम्म संचालन हुने प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सुनसरी र सप्तरी जिल्लाका गरी विभिन्न १६ वटा टोलिको सहभागिता रहेको थियो ।
छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु
श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...










