इटहरी । नेपालीहरुको महान चाड दशैको अवसरमा तरहरा स्थित कोरियन चोकमा आयोजना भएको ब्याडमिन्टन प्रतियोगितामा भूपू भारतीय सेना जयबहादुर खड्का र भारतीय सेनाका सुविदार मेजर हनेरी क्याप्टेन पदमबहादुर राईको टिम विजयी भएका छन ।
फाईनल खेलमा पत्रकार धनबहादुर पुरी र भूपू भारतीय सेना विकास गुरुङलाई हराउँदै राई र खड्काको टिम वियजी बनेको थियो । पुरी र गुरुङको टिमलाई सोझो सेटमा हराउँदै पदम र जयले उपाधी चुमे भने पुरी र गुरुङको टिमले उपविजेतामै चित्त बुझाउनु पर्यो ।
भारतीय सेनाका सुविदार मेजर हनेरी क्याप्टेन दिलप्रसाद राई र नेपाली काँग्रेस सुनसरीका सह सचिव नगेशचन्द्र राईको टिम पहिलो खेलबाटै आउट भए । त्यस्तै भारतीय सेनाका सुविदारद्धय भुमि राई र यामबहादुर राईको टिमले पनि पहिलो एक खेलमे चित्त बुझाएर बाहिरिनु पर्यो । प्रतियोगितामा नेपाल सरकारका नायब सुब्बाद्धय संजिव खड्का र चन्द बस्नेतको टिम बाईमा परेर पनि उत्कृष्ट खेल प्रर्दशन गर्ने नसक्दा पहिलो खेलबाटै आउट भए । प्रतियोगितामा भाग लिएका ५ टिम मध्ये बलियो मानिएको सुब्बाद्धयको टिमले हार बेहोर्नु परेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भारतीय सेनाका पूर्व सुविदार मेजर तथा सयुक्त भूपू एंव प्रहरी कल्याणकारी महासंघ नेपालका प्रदेश १ को प्रमुख के के राई थिए । प्रमुख अतिथि राईले ब्याडमिन्टन खेलले बुढेसकालमा जोस जागर बढाउँने भन्दै यस्ता प्रतियोगिताले उत्साहित तुल्याउने बताए । अतिथि खेलाडीमा कौशिला राई थिईन । यस अघि पनि विभिन्न चाडपर्वको अवसरमा यहाँ प्रतियोगिताहरु हुदै आएका छन ।