भण्टाबारी । छठ पर्वको अवसरमा भण्टाबारी बजार सरसफाइ गरिएको छ । लामो समयदेखि सरसफाइ नहुँदा दुर्गन्धित बनेको भण्टाबारी बजार छठ पर्वको अवसरमा सरसफाइ गरिएको हो ।
स्थानीयबासी,जनप्रतिनिधि,सशस्त्र प्रहरी,नेपाल प्रहरी र ट्राफिक प्रहरीलगायतको सहभागिता बुधबार बिहान बजार सरसफाइ गरिएको सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्काले जानकारी दिए । भण्टाबारी चौकदेखि छठ मनाउन बनाइएको घाठसम्म सरसफाइ गरिएको उनको भनाइ छ ।

सरसफाइ कार्यक्रममा कोसी गाउँपालीका वडा नम्बर ८ का वडाध्यक्ष विन्देश्वर यादव, नेकपा एमालेका वडा संयोजक मनोज सिपौलिया, चन्दन यादव,कोसी गाउँपालीकाका कार्यपालिका सदस्य सर्जुग सरदार, संजय कापैर,सीमा प्रहरी चौकी भण्टाबारीका सई दिलीपकुमार कार्की, ट्राफिक प्रहरी इन्चार्ज नारद बस्नेत,स्थानीय संचारकर्मी पप्पु यादवलगायतको सहभागिता रहेको थियो ।









