भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका ८ स्थित भण्टाबारीमा शनिबार दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्व बाट पश्चिम तर्फ आउँदै गरेको को १ ख ६३७५ नम्बरको ट्रक र विपरीत दिशाबाट जादै गरेको को १ ख ४९८८ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदै एकजनाको मृत्यु भएको हो ।

सुनसरी प्रहरीका मृत्यु हुनेमा सिरहा जिल्ला धनगढी जिरो माइले बस्ने वर्ष अन्दाजी ४० का बसका सहचालक जिवक्ष यादव रहेको छ भने अन्य २२ जना घाइते भएका छन् । अनियंत्रित भई बस र ट्रक एकआपसमा ठोकिँदै बस राजमार्गमा पल्टिँदा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









