लौकही । सुनसरीको कोशी गाउँपालीकाको आयोजना तथा अपांगता हकहित सरोकार संघ कोशी गाउँपालीकाको सहजीकरणमा ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । ´हाम्रो प्राथमिकताको आधार, अपांगता भएका व्यक्तिको अधिकार´ भन्ने राष्ट्रिय नाराका साथ `अपांगता मैत्री समाज,हाम्रो दायित्व´ भन्ने विषयमा कोशी मावि पश्चिम कुसाहामा शुक्रबार आयोजना गरिएको अन्तर विद्यालय वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्य तथा अपांगता समन्वय समिति संयाेजक एक कोशी गाउँपालीकाकि उपाध्यक्ष अनिता देवि यादवको अध्यक्षतामा सो प्रतियोगिता सम्पन्न भएको हो ।

अन्तर विद्यालय वतृत्वकला प्रतियोगितामा काेशी मावि पश्चिम कुशाहाकि अनुषा साह प्रथम, राष्ट्रिय मावि शाेभनपुरका दिलशाद खाँ द्वितीय, काेशी जनता मावि हरिपुरकि रचना ठाकुर तृतीय,मिथिला पब्लिककि चाँदनी साह चतुर्थ र हरिपुरका विक्रम कडाैगिया पाँचौ भएका छन् । उक्त प्रतियोगितामा संस्थागत र सामुदायिक गरी जम्मा ७ विद्यालयका २१ जना विद्यार्थीको सहभागिता रहेको थियो ।उनीहरूलाई कार्यक्रमकि प्रमुख अतिथि उपाध्यक्ष अनिता यादव, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी,कोशी गाउँपालीका वार्ड नम्बर २ कि वडाध्यक्ष द्रोपतीदेवी साह, स्वकीय सचिव धर्मेन्द्र विश्वास, समाजिक शाखा प्रमुख राजकिशोर मेहता, अपांगता हकहित सरोकार संघ कोशीका अध्यक्ष अनिलकुमार कुशियैत, महिला बालबालिका शाखा प्रमुख रित्ताराणा मगर, अपांगता समन्वय समितिका सदस्य हरेकृष्ण राउतलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । यसैबीच अपांगता हकहितमा प्रशंसनीय काम गरेको भाँडा दुईजना अपांगता भएका व्यक्ति सम्मानित भएका छन् । सम्मानित हुनेमा कोशी गाउँपालीका वार्ड नम्बर ७ का ज्ञानु आचार्य र वार्ड नम्बर २ का शिवकुमार मण्डल रहेका छन् ।

अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारेर अपांग हकहित सरोकार संघ कोशी गाउँपालीकाले डिसेम्बर २ तारीखमा गाउँपालीकालाई ज्ञापनपत्रमार्फत २२ बुदे मागपत्रका साथै गाउँपालीका कार्यालय अगाडि र प्रत्येक वडामा सोही दिन प्रज्वलन र ५ डिसेम्बरमा सचेतनामूलक फलेक्स सार्वजनिक स्थानमा लगाएर यसवर्षको अन्तर्राष्ट्रिय अपांगता दिवस मनाउने तयारी गरिएको कोशी गाउँपालीकाका समाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, सूचना प्रविधि अधिकृत रितेश झा, धर्मेन्द्र विश्वास, अपांग हकहित सरोकार संघका अध्यक्ष अनिलकुमार कुशियैत, महिला बालबालिका शाखा प्रमुख रित्ताराणा मगर, अपांगता समन्वय समितिका सदस्य हरेकृष्ण राउत,कोशी मावि पश्चिमका व्यवस्थापन समितिका अध्यक्ष विष्णुदेव यादव,शिक्षक सन्तोष काफ्ले, आशादेवी मेहता, जितन साह, राजेश यादव, ज्ञानु आचार्य, परमेश्वरी मण्डललगायतको उपस्थिति रहेको थियो ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









