हरिपुर । सुनसरीको कोशी गाउँपालिकामा आगलागी भएको छ । कोशी गाउँपालीका ७ स्थित हरिपुरमा बिहीबार दिउँसो आगलागी भएको हो । स्थानीय देवनारायण यादवको घरबाट आगलागी हुँदा अर्का स्थानीय सुरेन्द्र यादवको घरमा समेत जलेर नष्ट भएको स्थानीयले जानकारी दिए । आगलागीबाट दुवैजनाको घरसहित घरभित्र रहेको अन्नपात,गरगहना,नगदसहित महत्त्वपूर्ण कागजात समेत जलेर नष्ट भएको जनाइएको छ । देवनारायण यादव वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन गएको बेला घरमा कोही नभएको अवस्थामा आगलागी भएको बताइएपनि आगलागीको कारण खुल्न सकेको छैन ।

आगलागीलाई कोशी गाउँपालीकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । आगलागी भएको क्षतिको आधारित विवरण आउन बाकी छ । यसैबीच आगलागी पीडित परिवारलाई कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले तत्कालै आर्थिक सहयोग गरेका छन् । उपाध्यक्ष अनितादेवी यादवसहितकालाई लिएर घटनास्थल पुगेका अध्यक्ष अन्सारी नेतृत्वको टोलीले अग्निपीडित परिवारलाई नगद २५–२५ हजार आर्थिक सहयोगसँगै खाद्यान्न सामाग्री,त्रिपाल, ब्लांकेट , झुल लगायतका सामाग्री हस्तान्तरण गर्दै अवस्था र आवश्यकताअनुसार थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









