इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको कार्यक्रम सम्पन्न भएको छ । साझा सवालका लागि साझा मञ्च कोकनको आयोजना प्लान इन्टरनेसनल नेपालको सहकार्य तथा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जिल्ला समन्वय समितिको समन्वयमा सोमबार सो कार्यक्रम सम्पन्न भएको हो । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध नेपाल भारतको सीमा नाकामा कार्यरत संयन्त्रहरु र अन्य सरोकारवालाहरुबीच समन्वय बैठक सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कोशी गाउँपालीकाकि उपाध्यक्ष अनितादेवी यादव, सशस्त्र प्रहरी बल सुनसरीका डिएसपी मित्रलाल श्रेष्ठ, सुनसरी प्रहरीका तर्फबाट इन्स्पेक्टर मीना राई एवं सीमा नाकामा कार्यरत सशस्त्र प्रहरी, नेपाल प्रहरीका प्रमुखहरु जिल्लाको कोशी गाउँपालीका ८ भण्टाबारीस्थित सूचना केन्द्रमा कार्यरत बालकुमारी विक,पहलाद आलम,समाजिक अभियन्ता पुरुषोत्तम घिमिरे, ओरेक नेपालकि शान्ति दनुवार,बिरेन्द्र कामैत,रोशनी सरदार, सीमावर्ती क्षेत्रमा बसोबास गर्ने अभिभावक वर्ग, मानवअधिकारकर्मी, अभियन्ता,सरोकारवालालगायतको सहभागिता रहेकोे थियो ।कार्यक्रममा सीमापार मानव बेचबिखन तथा ओसारपसारको अवस्था -अनुभव आदानप्रदान, वर्तमान अवस्था, भारतीय अधिकारीसँगको समन्वय बैठक, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जिल्ला स्तरीय रणनीति अनुमोदन प्रक्रियालगायतका विषयमा छलफल गरिएको थियो । उक्त कार्यक्रम अधिवक्ता एवं कोकन नेपालका सल्लाहकार तथा मानवअधिकारकर्मी कोषराज न्यौपानेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताए ।

नेपाल भारतबीच रहेको खुला नाकाका,चेतनाको अभाव,गरिबी,बेरोजगारीलगायतका कारण मुख्यत मानव बेचबिखन तथा ओसारपसारका घटना हुने गरेको बताउदै प्रजिअ यादवले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण एवं रोकथाम गर्न सबैको सामूहिक पहल र प्रयास आवश्यक रहेको बताएका थिए ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









