ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

अपराध नियन्त्रणमा सुनसरी प्रहरीको सक्रियता

आवर कोशी by आवर कोशी
पुस १३, २०७८
सुनसरीबाट धमाधम पक्राउ पर्दै फरार अभियुक्त
43
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लामा भए गरेका विभिन्न अपराधीक प्रकृतिका घटनामा सफलता हात पारेको छ । हातहतियार,लागूऔषध कारोबार नियन्त्रण,फरार प्रतिवादी पक्राउ,हत्या, अपहरण, जर्वजस्ती करणीलगायतका घटनामा सुनसरी प्रहरीले सफलता पाएको हो । सुनसरी प्रहरीकै सक्रियताका कारण पछिल्लो समयमा अपराधिक घटना हुनबाट टरेको बताइएको छ । सुनसरी प्रहरीले चालु आर्थिक वर्षको हालसम्म अदालतबाट फैसला भइ विभिन्नमा मुद्दाका फरार रहेका ५८८ जना प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ् । जुन संख्या देशैभरमा सबैभन्दा बढी भएको सुनसरी प्रहरीको दाबी छ । पक्राउ परेका उनीहरूबाट १२० वर्ष ६ महिना ५ दिन कैद र रु २८ लाख २८ हजार ३०९ रुपैयाँ जरिवाना बेरुजु फछ्र्यौट गरिएको सुनसरी प्रहरी प्रमुख एसपी संजयसिंह थापाले जानकारी दिए ।

पुस १२ गते विशेष सुराकीका आधारमा जिल्ला प्रहरीले कार्यालय सुनसरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलिले कोसी गाउँपालीका १ स्थित लौकही बजारबाट ४ वटा म्याग्जिन र ३ राउन्ड गोलिसहित दुईजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सोमबार बिआर ५० के ०१४९ नम्बरको भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका हतियारसहित पक्राउ परेका भारत बिहार राज्य जिल्ला अररिया बसमतिया पन्चायत ६ बस्ने ३५ वर्षका विद्यानन्द राम र सोही स्थान बस्ने वर्ष ३१ का हसिम अन्सारीलाई सुनसरी प्रहरीले पत्रकार सम्मेलन गरेर मंगलबार सार्वजनिक गरेको हो । उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ । पछिल्लो ६ महिनाको अवधिमा सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ३ थान भरुवा बन्दुक, ४ वटा म्याग्जिन र ३ राउन्ड गोलि,१ नाल कटुवा पेस्तोल र १ राउन्ड गोलिसहित पाँचजनालाई पक्राउ गर्नुका साथै ठुलो परिणाममा लागूऔषध बरामदसँगै दर्जनौं कारोबारीलाई पक्राउ गर्न सफल भएको छ । ‘अपराध नियन्त्रण गरी समाजमा अमनचयन कायम राख्नु आफूहरुको पहिलो कर्तव्य भएको बताउदै एसपी थापाले भने, ‘प्रहरीले सक्रियता देखाएकै कारण अपराधिक घटनाका आरोपित धमाधम पक्राउ गर्न सफल भएका छौं ।’ घटना भइसकेपछि अभियुक्त पक्रनु र अनुसन्धान बलियो पार्नु अपराध क्षेत्रमा सफलता भएपनि हुन खोजेको घटनालाई पहिल्यै नै रोक्नुले प्रहरीको सक्रियता देखिएको छ ।

स्थानीय तह र गैसससँग साझेदारी

सुनसरी प्रहरीले खुला सीमा नाकाका कारण हुने विभिन्न अपराधीक गतिविधि नियन्त्रणसँगै जिल्लाका स्थानीय तह र गैरसरकारी संघ संस्थासँग साझेदारी गरेर विभिन्न अभियान समेत संचालन गरिरहेको पाइन्छ । बिभिन्न स्थानीय तहहरुमा घरेलु हिंसा, लागूऔषध सेवन तथा ओसारपसार, मानव बेचविखन तथा ओसारपसार, बालविवाह, बहुविवाह, आत्महत्या बिरुद्धको अभियानलगायत जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नगेन्द्र कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा नयाँ भौतिक पूर्वाधार निर्माणसँगै पुरानालाई मर्मत समेत गरिएको छ । प्रहरीको मुल गेट अगाडि मन्दिर निर्माणको काम भइरहेको छ भने अन्य आवश्यक पुरानो पूर्वाधार समेत स्तरोन्नति गरिएको छ । यस्तै नागरिक सहायता कक्ष स्तरोन्नति, गोलघर बैठक कक्ष स्तरोन्नति, हिरासत कक्ष स्तरोन्नति गरिएको हो । सुनसरी प्रहरीले नागरिकमैत्री सेवा प्रवाह गर्ने उद्देश्यले निरन्तर आवश्यक सुधार गर्दै आएको र भविष्यमा समेत गर्दै जादै योजना रहेको एसपी थापा बताउँछन् । ‘जिल्लाका स्थानिय तह, विभिन्न संघसंस्थाहरु तथा अन्य सरोकारवाला निकायहरुसँग शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा समन्वय /सहकार्य गर्दै आएका छौं ,’ उनले भने ‘यसका साथै प्रविधि व्यवस्थापन पक्षलाई निरन्तरता दिई जिल्ला भरि सिसिटिभी संजालको बिस्तारसँगै जिल्लामा फरार प्रतिवादीहरुको संख्या शुन्य बनाउने योजना छ ।’

Related Posts

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

by आवर कोशी
अशोज २६, २०८२
0

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको ह्वाट्सएप अकाउन्ट ह्याक भएको छ। ह्याकरले प्रहरी प्रमुखकै नाममा रहेको सो नम्बर प्रयोग गरी स्थानीय...

सुनसरीमा छोराले गरे बुवाको हत्या

सुनसरीमा छोराले गरे बुवाको हत्या

by आवर कोशी
साउन ७, २०८२
0

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ साविक घुस्की-४ मा पारिवारिक जग्गा विवादले उग्र रूप लिँदा छोराले आफ्नै बुवाको हत्या गरेका छन्। स्थानीय ३५...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
अपराध

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

Read more
कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कार्तिक ४, २०८२
सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

कार्तिक ४, २०८२
कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

कार्तिक २, २०८२
सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

अशोज २६, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    378 shares
    Share 151 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.