इनरुवा । भोक्राहा नरसिंह गाउँपालीकाका सेराज हुसेन मियाँ सुनसरी बहुमुखी क्याम्पस नेविसंघ सभापति पदमा नियुक्त भएका छन् । बाल्यकाल जीवनदेखि नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा रहेका विद्यार्थी नेता हुसेनलाई नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सुनसरीको पुस १७ गतेको निर्णयअनुसार नेविसंघ सुनसरी क्याम्पस सभापतिमा नियुक्त भएका हुन ।

नेविसंघ सुनसरीका वरिष्ठ उपसभापति गुणानन्द चौधरीद्वारा हस्तारित पत्रअनुसार हुसेनले सुनसरी बहुमुखी क्याम्पस अन्तर्गत रहेर पढाईका साथै विद्यार्थीहरुको हकहितको लागि आवाज उठाउदै आएको कुराको उच्च मूल्यांकन गर्दै उनलाई सभापतिको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ । नेविसंघ क्याम्पस सभापतिको जिम्मेवारी पाएपछि हर्षित देखिएका हुसेनले नेविसंघ जिल्ला कार्य समितिले विश्वास गरेकोमा धन्यवाद दिदै दिइएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने दाबी गरे ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









