मुस्ताक आलम
लौकही । राजनीतिक तवरबाट विद्यालय व्यवस्थापन समिति चयन गर्दा भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रमा संचालन रहेका सरकारी विद्यालयमा शिक्षाको स्तर खस्किएको पाइएको छ ।भोक्राहा नरसिंह गाउँपालिका २ स्थित रहेको श्री आधारभूत विद्यालयमा राजनैतिक दाउपेच लगाएर व्यवस्थापन समिती गठन भएपछि विद्यालयमा शिक्षाको स्तर खस्किएको पाइएको हो । उक्त विद्यालयको व्यवस्थापन समिति जस्तो महत्त्वपूर्ण जिम्मेवारी सामान्य सहि मात्र गर्न जान्ने राजाराम मेहता अध्यक्षमा चयन भएपछि स्थानीयले विरोध गरिरहेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका २ स्थित रहेको श्री आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा मेहता आएपछि विद्यालयमा पढाईको स्तर खस्किएको स्थानीय अभिभावक बताउँछन् । आफ्नो नामको सामान्य हस्ताक्षरबाहेक अरु केही लेख्न पढ्न नजान्ने व्यक्ति विद्यालयको व्यवस्थापन समिति जस्तो जिम्मेवार पद अध्यक्षमा निर्वाचित भएपछि विद्यालयमा पढाईको स्तर खस्किनुका साथै मनोमानी बढेको उनीहरूको दाबी छ । जिम्मेवारी पाएका व्यक्तिले नै आफ्नो जिम्मेवारबारे जानकार नभएपछि सयौं विद्यार्थीको भविष्य अन्यौलमा परेको एकजना विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा गुनासो गरे । आफूहरूलाई तत्काल गुणस्तरीय शिक्षाको अध्ययन गर्ने माहोल मिलाईदिन उनले सम्बन्धित निकायसँग आग्रह गरे ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









