बराहक्षेत्र । नेपाली काङ्ग्रेस बराहक्षेत्रका युवा नेता तेजबहादुर गुरुङले विपन्न समुदायलाई राहत वितरण गरेका छन् । नेपाली काङ्ग्रेस बराहक्षेत्र नगरपालिका १० नम्बर वडाका सभापति समेत रहेका उनले वडामा रहेका विपन्न समुदायलाई घर-घरमा पुगेर माघे सङ्क्रान्ति मनाउन विभिन्न परिकारको खाद्य सामाग्री वितरण गरेका हुन् । स्थानीयस्तरमा जनतामाझ लोकप्रिय मानिने सभापति गुरुङले आवश्यकताअनुसार गरीब तथा विपन्न समुदायलाई राहत वितरण गर्दै आएका छन् ।

लकडाउनको बेलापनि खाद्यान्न, मास्क, साबुन, स्यानिटाइजर बोकेर घर-घर पुगेका उनले यसपटक भने माघे सङ्क्रान्तिको अवसरमा ५५ परिवारलाई तिल , सख्खर र भुजा वितरण गरेका छन् । बराहक्षेत्र-१० मा रहेको लालवस्तीलगायतका टोलमा रहेका विपन्न परिवारको घरमा पुगेर व्यक्तिगत रुपमा सहयोग गरेको सभापति गुरुङले जानकारी दिए । चाडपर्वको अवसर पारेर अती विपन्न, दलित तथा निम्नवर्गका परिवारलाई आवश्यक सामाग्री वितरण गरेको उनको भनाइ छ् ।चाडपर्वको उनीहरूको मुहारमा खुशी छाओस् भन्ने उद्देश्यले सहयोग गर्न पाउदा आफूलाई सन्तुष्टि मिलेको सभापति गुरुङको भनाइ छ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









