भण्टाबारी । सुनसरीको कोसी गाउँपालिकाको कार्यालयले वडा नम्बर ७ हरिपुरका मुसहर समुदायलाई कृषि कार्य गर्न कोदालो वितरण गरेको छ । कमजोर आर्थिक अवस्थाका कारण कृषि औजारसमेत खरिद गर्न नसक्ने अवस्थामा रहेका २२५ जना मुसहर समुदायकलाई बिहीबार गाउँपालिकाले एकएक थान कोदालो वितरण गरेको हो । साविक हरिपुर गाविस ६ र हाल कोसी गाउँपालीका ७ का उनीहरूलाई कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी, वडा नम्बर १ का अध्यक्ष राजकुमार साह,वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र महतो, तत्कालीन हरिपुर गाविसका अध्यक्ष देवु बहरखेरले कोदालो हस्तान्तरण गरेका थिए ।

यसअघि पनि कोसी गाउँपालीका ७ स्थित हरिपुरका ४०० बढी मुसहर समुदायलाई अध्यक्ष कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कोदालो वितरण गरेकोमा बिहीबार पुनः बाँकी अन्यलाई समेत कोदालो वितरण गरिएको कोसी गाउँपालीकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए । आफू निर्वाचित भएदेखि गाउँपालीकाभित्र रहेका हरेक वर्ग र समुदायको अवस्था र आवश्यकताअनुसार निरन्तर सहयोग गर्दै आएकाले उनीहरूलाई जीविकोपार्जन गर्न केही सहज भएको अध्यक्ष अन्सारीले जानकारी दिए । कोसी गाउँपालीका शिक्षा,स्वास्थ्य,पूर्वाधार,पर्यटनलगायतका विकास सँगसँगै गाउँपालीकाभित्र रहेका विपन्न तथा गरिबीको रेखामुनि रहेका व्यक्तिको उत्थान हुने कार्यक्रमहरु संचालन गर्दै आएको उनको भनाइ छ । कोदालो वितरण कार्यक्रममा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीका स्वकीय सचिव धर्मेन्द्र विश्वासलगायतको उपस्थिति रहेकोे थियो ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









