भण्टाबारी । ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस सुनसरीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजको आयोजनामा तीनसम्म विभिन्न कार्यक्रम गरी भव्यरूपमा ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेले जानकारी दिए ।

भन्सार कार्यालयको आयोजनामा भन्सार प्राङ्गणमा सोमबारदेखि अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पहिलो दिन सरसफाइ कार्यक्रम, दोस्रो दिन सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम र अन्तिम दिन बुधबार ब्याडमिन्टन प्रतियोगिता संचालन गर्दै यसवर्षको ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको उनको भनाइ छ ।

यसैबीच बुधबार आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिताको उपाधी भन्सार प्रतिनिधिले जितेको छ । फाइनल खेलमा सुनसरी भन्सार कार्यालयका कर्मचारीको टीमलाई सोझो सेटमा हराउँदै भन्सार प्रतिनिधिको टीम विजयी भएको हो । भन्सार कर्मचारीका तर्फबाट राजेन्द्र थापा र सन्देश लामिछानेका विरुद्ध फाइनलमा भन्सार प्रतिनिधि सुरज गिरी र अजय मण्डलबीच प्रतिस्पर्धा भएकोमा पहिलो सेट २१ : १८ र दोस्रो सेट २१ : १७ को सोझो सेटमा जित्दै भन्सार प्रतिनिधि विजयी भएको हो ।

त्यसैगरी भन्सार दिवसको अवसरमा उत्कृष्ट काम गरेको भन्दै सुनसरी भन्सार कार्यालय सेतुबन्धका कार्यालय सहयोगी ध्रुव कार्की सम्मानित भएका छन् । त्यस्तै विद्युत प्रशाखा कोसी ब्यारेज,भन्सार प्रतिनिधि प्रदीप मण्डल र प्रभु बैंक लिमिटेड एक्स्टेनसन काउन्टर कोसी ब्यारेजलाई कदर पत्रसहित सम्मान गरिएको छ ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपाने,भन्सार अधिकृत परशुराम दाहाल, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, कोसी गाउँपालीका ८ का वडाध्यक्ष विन्देश्वरप्रसाद यादवलगायतले पुरस्कार तथा कदर पत्र वितरण गरेका थिए ।
सोही अवसरमा प्रमुख भन्सार अधिकृत न्यौपानेले कार्यक्रमका प्रमुख अतिथि प्रजिअ यादवलाई मायाको चिनो समेत वितरण सम्मान गरेका थिए भने कार्यक्रम प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









