लौकही । कोशी गाउँपालीकाको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । कोशी गाउँ कार्यपालीकाको आयोजनामा वार्ड नम्बर ३ र ४ मा विभिन्न कार्यक्रम सम्पन्न भएको हो । कोशी गाउँपालीकाको आयोजना तथा ग्रामीण उद्यम तथा विप्रेषण समृद्धिको साझेदारीमा वार्ड नम्बर ३ मा माछा उत्पादक कृषक समूहका लागि माछा उत्पादन तथा बजारीकरण सम्बन्धि आयोजना गरिएको २ दिने तालिम सम्पन्न भएको गाउँपालीकाको कार्यालयले जनाएको छ ।

यसैगरी सोमबार कोशी गाउँपालीकाको आयोजनामा लघु उद्यम सृजना तथा विकासको लागि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत स्तरोन्नतिको लागि २ दिने तरकारी खेती तालिम सम्पन्न भएको छ । उक्त तालिम लाली गुराँस लघु उद्यमी महिला समूह कोशी गाउँपालीका ४ कि अध्यक्ष सुमित्रा मेहताको अध्यक्षता तथा कोशी गाउँपालीका वार्ड नम्बर ४ का वडाध्यक्ष अमिन मियाँ नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

त्यसैगरी सोमबारबाट कोशी गाउँपालीका ३ कोशी टप्पुस्थित पर्ती टोलमा कोशी गाउँपालीकाको आयोजनामा लघु उद्यम सृजना तथा विकासको लागि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत स्तरोन्नतिको लागि ४५ दिने सिलाईकटाई सम्बन्धि तालिमको उद्घाटन गरिएको छ । उक्त कार्यक्रम कोशी गाउँपालीका कार्यपालीका सदस्य सरिता मण्डलको अध्यक्षता तथा कार्यपालीका सदस्य श्यामसुन्दर सिंहको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन कार्यपालीका सदस्य सिंहले गरेका थिए भने उक्त अवसरमा कोशी गाउँपालीका आर्थिक प्रशासन तथा सामाजिक शाखा प्रमुख राजकिशोर मेहतालगायतको उपस्थिति रहेकोे थियो ।









