मुस्ताक आलम
लौकहि । सुनसरीको कोशी गाउँपालिका-५ स्थितकुम्याहि क्षेत्रबाट एकजना बेवारिसे महिलाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपि श्रीपुरका प्रहरी निरीक्षक पुर्ण दाहाल नेतृत्वको ७ जना मोबाइल गस्ती टोलिले नेपाल भारत सीमा क्षेत्रबाट एकजना महिलाको उद्धार गरेको हो । मोरङ कानेपोखरि गाउँपालिका- ७ बरगाछि बस्ने वर्ष ४६ कि तारा कुमारी बजगाइलाइ आइतबार राति ९ बजेको समयमा सशस्त्र प्रहरीको टोलिले सोधपुछ गर्ने क्रममा बिओपि श्रीपुर ल्याएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक दाहालका अनुसार सोधपुछ गर्ने क्रममा घरमा तनाव भएपछि आफु घर छोडेको बताइन् । सो बेवारिसे महिलाको आफ्न्तलाइ बोलाएर इलाका प्रहरी कार्यालय लौकहिका प्रहरी हावादार इन्द्रदेव यादव, स्थानीय संचारकर्मीलगायतकाम समाजसेवीहरुको उपस्थितिमा उक्त महिलालाई उनको श्रीमान रामचन्द्र बजगाइको जिम्मा लगाएको सशस्त्र प्रहरी निरीक्षक दाहालले बताए ।









