मुस्ताक आलम
लौकही । कोशी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा चोलाराज दंगालले जिम्मेवारी सम्हालेका छन् । कोशी गाउँपालिकाको चौथो अधिकृतको रुपमा राष्ट्रिय योजना आयोग सिंहदरबार काठमाडौबाट सरुवा भइ आएका दंगालले बुधबारदेखि आफ्नो जिम्मेवारी सम्हालेका हुन ।
निवर्तमान प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी एकतह बढुवा भई नेपाल सरकारको सहसचिव बनेपछि उनको स्थानमा कार्यभार सम्हाल्न कोसी आइपुगेका दंगालले आफू ऐन नियममा रहेर कार्यसम्पादन गर्ने बताए । गाउँपालीकाभित्र जनप्रतिनिधिहरुसँग मिलेर जनअपेक्षाअनुसार कार्यलाई अगाडि बढाउदै विगतमा भए/गरेका राम्रा कार्यलाई निरन्तरता दिइने आफ्नो पहिलो लक्ष्य रहेकोे उनको भनाइ छ ।









