इनरुवा । नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिले सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको लागि First Aid को सामाग्री हस्तान्तरण गरेको छ ।नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिले सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको लागि First Aid को सामाग्री क्याम्पस प्रमुख इनु भट्टराईलाइ मंगलबार हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रम नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको थियोे भने सिरप फर्मा डिस्टिरीब्युटर विराटनगरले सहयोग गरेको थियो । उक्त कार्यक्रममा वेटाडिन,कट्टन,बन्डेज,थर्मामिटर,हयास्पन जेल टेबलेट,निम्स टेबलेट,कट्टन जिकजैक,मिन्स पैड,ओआरएस, ओइन्ट मुपिर र हयान्डि प्लास्ट हस्तान्तरण गरेका छ्न। नेपाल विद्यार्थी संघ सुनसरी जिल्लाका भु.पु.सचिव धिरज भट्टराई,नेपालविद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाइका सभापति सेराज हुसैन,क्याम्पस प्रमुख इनु भट्टराई,प्रध्यापिका लिला आपागाइ,ने.वि.संघका नेता नन्दन गुप्ता,शम्भु कुमार मेहता,निरज शर्मा,रोशनी उराँव लगायत प्राध्यापक र विद्यार्थीहरुको उपस्थित थियो।









