ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

नियन्त्रण बाहिर बालविवाह

आवर कोशी by आवर कोशी
जेष्ठ २६, २०७८
नियन्त्रण बाहिर बालविवाह
22
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी/ जेठ २२ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा बालविवाह भइरहेको सूचना आउँछ । सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बेहुलीका बुबासहित तीन जनालाई पक्राउ गर्छ ।

भोक्राहा नरसिंह गाउँपालिका–३ मा बालविवाह भइरहेको सूचनाको आधारमा राति ११ बजेतिर प्रहरीले बेहुलीका बुबा रामनारायण मण्डल, बेहुला इनरुवा नगरपालिका–४ का भरत मण्डल र बिहे गराउन भूमिका खेल्ने इनरुवा नगरपालिका–८ का सुरेन्द्र मेहतालाई पक्राउ गरेको छ ।

रामनारायणले आफ्नो १७ वर्षीया छोरीलाई २४ वर्षीय भरत मण्डलसँग बिहे गराएको आरोपमा पक्राउ गरेको हो । यस्तै वैशाख २७ गते राति ९ बजे देवानगञ्ज गाउँपालिका–४ बाट बालविवाह भइरहेको सूचनाकै आधारमा पुगेको प्रहरी टोलीले विवाह मण्डपबाटै दुई जनालाई पक्राउ ग¥यो ।

प्रहरीले २६ वर्षीय बेहुला मिथिलेश पाल र विवाह गराउने बेहुलाका सानोबुबा फुलचन पाललाई पक्राउ गरेको थियो । मिथिलेशले देवानगञ्ज–१ का रमानन्द पालकी २० वर्ष नपुगेकी छोरी कल्पनाकुमारीसँग विवाह गरेको सूचनाको आधारमा पक्राउ गरेको हो ।

नेपालको कानूनअनुसार विवाह गराउने उमेर २० वर्ष हुनुपर्ने भन्ने छ । तर, बेहुली कल्पनाको उमेर १८ वर्ष ८ महिना १० दिन मात्र पुगेकाले कानूनी हिसाबमा बालविवाह ठहर गरिएको छ । पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १७३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यस्ता प्रतिनिधिमूलक घटना समाजमा भइरहन्छन्।

‘बिहेवारी, बीस वर्ष पारि’ नारा सुनसरीमा व्यवहारिक रूपमा कार्यान्वयनमा आउन सकेको छैन । जिल्लाका कतिपय स्थानीय तहमा केही सचेत युवा र किशोरी समूहहरूले बालविवाह बारे जनचेतनामूलक कार्यक्रम गर्दै समयमै प्रहरीलाई सूचना दिई बालविवाह हुनबाट रोकेका केही उदाहरणहरू भए पनि धेरैजसो बालविवाहका घटना भइरहँदासमेत प्रहरीले सूचना पाउँदैन ।

जसले गर्दा बालविवाहका घटना जिल्लामा एउटा चुनौतीका रूपमा देखिएको छ । विशेषगरी मधेसी तथा मुस्लिम समुदायमा बढी मात्रामा बालविवाहका घटना हुने गरेको पाइन्छ ।

जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीबाहेक जिल्लामा बालविवाहबारे यकिन तथ्याङ्क छैन । यद्यपि बालअधिकारका पक्षमा वकालत गर्ने विभिन्न सङ्घ–संस्थाहरू जिल्लामा बालविवाहका घटना भइरहे पनि सतहमा नआएको बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म तीनवटा बालविवाह सम्बन्धी उजुरी परेकोमा तत्कालै घटनास्थलमा पुगेको प्रहरी टोलीले बालविवाहमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा बालविवाहका चारवटा उजुरी परेको सुनसरी प्रहरीको तथ्याङ्कले देखाएको छ ।

सुनसरीमा उजुरी गर्नेहरूको सङ्ख्या कम देखिए पनि बालविवाहका घटना अझै पनि भइरहेको बालअधिकारकर्मी इनरुवा नगरपालिका–९ बबियाकी अल्विना प्रवीण बताउँछिन् । ‘कागजमा उजुरी गर्नेहरू कम देखिएको मात्र हो’ उनले भनिन्, ‘जिल्लाका विभिन्न ग्रामीणभेगमा मधेसी र मुस्लिम समुदायमा बालविवाह भइरहेको पाइन्छ ।’

बालविवाह रोक्न स्थानीय जनप्रतिनिधिहरूसमेत गम्भीर नदेखिएको बताउदै अल्बिनाले बालविवाह भइरहेको थाहा हुँदासमेत राजनीतिक रूपमा घाटा हुनसक्ने भन्दै निर्वाचित जनप्रतिनिधि उदासिन देखिएको बताइन् । ‘जनप्रतिनिधिलाई सबै कुरा थाहा हुन्छ’ उनले भनिन्, ‘तर, पनि उनीहरू बालविवाह रोक्न अग्रसरता देखाउँदैनन्, विवाह रोक्यो भने भोट घट्ने डर हुन्छ ।’ ‘हामीले रोक्न खोज्यो भने समाजले हामीलाई हेर्ने दृष्टिकोण फरक पाउछौं । जनप्रतिनिधि र समाजका शिक्षित वर्गले तदारुकता देखाउन सके बालविवाहका घटना रोक्न सकिन्छ’–अल्बिनाले भनिन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावक वर्ग आफै जागरुक हुनुपर्नेमा जोड दिए । सुनसरीमा बालविवाह रोकथामका लागि सरकारी तथा विभिन्न गैरसरकारी सङ्घ–संस्थाहरूले काम गरिरहेका छन् ।

तर, पनि बालविवाह केही मात्रामा न्यूनीकरण भए तापनि पूर्णरूपमा रोकिन भने सकेको छैन । नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीनवर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था गरेको भए पनि बालविवाह रोकथामका लागि बनाइएको कानून प्रभावकारी तवरले कार्यान्वयनमा आउन सकेको छैन ।

Tags: बाल विवाहसुनसरी

Related Posts

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

by आवर कोशी
पुस १, २०८२
0

भण्टाबारी । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्टी टोलीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको...

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.