ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

किन अझै पक्राउ परेनन् किशोरी बलात्कारका आरोपी ?

आवर कोशी by आवर कोशी
जेष्ठ २६, २०७८
24
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी/ खेतमा जाँदै गर्दा सुनसरीमा एक दलित किशोरी बलात्कृत भएको एक साता बिते पनि आरोपितहरू पक्राउ परेका छैनन् ।

जेठ १७ गते देवानगञ्ज गाउँपालिका–२ की १७ वर्षीया किशोरी बलात्कृत भए पनि हालसम्म आरोपित युवा पक्राउ नपरेका हुन् । बलात्कारका आरोपित सोही वडाका २० वर्षीय युवा निरञ्जन पासवान फरार छन् ।

घटनालगत्तै स्थानीय प्रहरीले पीडित किशोरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरी पठाई जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् भोलिपल्ट मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले बताए पनि दुई दिनअघि मात्रै मुद्दा दर्ता भएको बुझिएको छ । प्रहरीलाई चौतर्फी दबाव परेपछि मात्रै मुद्दा दर्ता गरिएको जनाइएको छ ।

पीडित किशोरीका अनुसार घटना भएको दिन बिहान ६ बजे गाउँकै दुईजना युवती साथीसँग खेतमा मकै टिप्न जाने क्रममा पासवानले उनलाई उखुबारीमा लगी बलात्कार गरेका थिए । उनले एक्कासि पासवानले आफूलाई हातपात गर्दै उखुबारीमा लगेर बलात्कार गरेको बताइन् । ‘म कराइरहे पनि पासवानले मुख थुनेर तीन घण्टासम्म बलात्कार गर्यो’–पीडित किशोरीले सञ्चारकर्मीसँग भनिन् । अन्य दुईजना साथीले बचाउन खोज्दा कुटपिट गरी भगाएको पीडित किशोरीले बताइन् ।

केही स्थानीयले गाउँमै पञ्चायत गरी घटना मिलाउन दबाव दिएका थिए । स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएको पीडित परिवारले जनाएको छ ।
२ नम्बर वडाका वडाध्यक्ष मजलुम मियाँले आफूले घटनाबारे जानकारी पाउने बित्तिकै स्थानीय प्रहरीलाई जानकारी गराएको बताए । घटनाबारे छानबिनपश्चात् सत्यतथ्य बाहिर आउने उनले बताए । ‘घटनाबारे थाहा पाएपछि मैले इलाका प्रहरी कार्यालय देवानगञ्जलाई जानकारी गराएँ’ उनले भने, ‘प्रहरीले छानबिन गरी यथार्थ कुरा पत्ता लगाई दोषीलाई कानूनी कारबाही गर्नुपर्छ ।’ उनले अर्काको इज्जतसँग खेलवाड गर्ने अधिकार कसैलाई नभएकोले कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए ।

जिल्ला अस्पताल इनरुवामा मेडिकल गराउँदासमेत बलात्कार भएको कुरा पुष्टि भइसकेकाले सत्यतथ्य बुझेर न्याय दिलाउनेमा पीडित परिवार आशावादी रहेको छ ।
‘जे नहुनुपर्ने हो, त्यो भइसक्यो’ उनले भने, ‘उजुरी दिएका छौं, अब प्रहरीले छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरोस् ता कि समाजका अर्को कुनै चेलीबेटीले बलात्कृत हुनु नपरोस् ।’यता जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले पीडित किशोरीको उजुरीका आधारमा जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको बताए । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको उनले जनाए ।

Tags: बलात्कार

Related Posts

विवादस्पद अभिव्यक्तीप्रती मुस्लिम समाजको आपत्ती

विवादस्पद अभिव्यक्तीप्रती मुस्लिम समाजको आपत्ती

by आवर कोशी
बैशाख ९, २०८१
0

सुनसरी÷समाजिक संजालमा कमलनरायण दास र हरिनगरमा जिवन मेहता लगायतका ब्यक्तीहरुले समुदायको सदभाव भाड्ने र मुस्लिम सहिष्णता माथि आघात पुर्याको भन्दै...

पद , पावर र नयाँ दल

पद , पावर र नयाँ दल

by आवर कोशी
बैशाख ५, २०८१
0

प्रेमकुमार साह अनुसन्धान गर्ने र दोषी पता लगाउने मा विश्वकै उत्कृष्ट प्रहरीको सुचिमा रहेको नेपाल प्रहरीले , लाखौं भुईं मान्छेको...

कोशी टप्पुमा मनाइयो सिमसार दिवस

कोशी टप्पुमा मनाइयो सिमसार दिवस

by आवर कोशी
माघ २०, २०८०
0

मिकाइल आलम कोशी टप्पु । सुनसरी,सप्तरी र उदयपुर जिल्लामा गरी १७५ वर्ग किलोमिटरमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विश्व...

पारदर्शीताको लागि सार्वजनिक सुनुवाइ

पारदर्शीताको लागि सार्वजनिक सुनुवाइ

by आवर कोशी
असार २२, २०८०
0

लौकही । कोशी गाउँपालीकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बिहीबार कोशी गाउँपालीकाको आयोजना एवं कोशी टप्पु...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.