सुनसरी÷समाजिक संजालमा कमलनरायण दास र हरिनगरमा जिवन मेहता लगायतका ब्यक्तीहरुले समुदायको सदभाव भाड्ने र मुस्लिम सहिष्णता माथि आघात पुर्याको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाली मुस्लिम समाज सुनसरीको तर्फवाट समाजिक सद्भाव माथि आघात पुर्याउने ब्यतmीहरुलाई कार्यावाही गर्नु पर्ने र हरिनगर निवासी दिलशाद सिद्धिकी उपर लगाएको गलत अभियोग खारेज गरि रिहा गर्नु पर्ने माग सहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी जयनरायण अर्चाय मार्फत प्रधानमन्त्रीलाई पठाएको हो ।
अतिवाद संघसस्थाहरुमा आवद्ध ब्यक्तीहवाट हरिनगर गाउँपालिकाको कार्यालय टोडफोड,लुटपाट र ईस्लाम धर्मलम्वीहरुको रोजा चक्काजाम ढुंगामुडा लगायतको कार्यलाई सम्वन्धित निकाय सुक्षमले छानबिन गरि दाषीलाई कार्यावाहीको दायरामा ल्याउन समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
हरिनगर समाजका अध्यक्ष नईम अन्सारी र सचिब अकरम अलि प्रवक्ता मोलाना साहवुद्धिन इस्लाही सहितको टोलीले ज्ञापन पत्र बुझाएको छ ।
देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम
जुगेस दास देवानगञ्ज। देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने यस...