इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालीकाको आयोजना तथा जिल्ला अस्पताल इनरुवाको प्राविधिक सहयोगमा शनिबार चिरौलीमा सो शिविर सम्पन्न भएको हो । उक्त शिविरमा भोक्राहा नरसिंह गाउँपालीकालगायत क्षेत्रका गरी १५० जनाले स्वास्थ्य चेकजाँच गराएको जिल्ला अस्पताल इनरुवाका प्रमुख डाक्टर देवराज घिमिरेले जानकारी दिए ।निशुल्क स्वास्थ्य परिक्षण शिविरमा जिल्ला अस्पताल इनरुवाका विभिन्न चिकित्सकले सेवा दिएको उनको भनाइ छ ।

कार्यक्रम फलदायी भएको बताउदै भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष अजमल अख्तर आजादले गाउँपालीका क्षेत्रभित्र रहेका गरिब,निमुखा तथा विपन्न समुदायलाई लक्षित गरेर गरिएको कार्यक्रममा सबै क्षेत्रका सर्वसाधारणको उपस्थिति देखिएको बताए । हरे वर्गका जनताको स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउने आफ्नो लक्ष्यअनुरुप आगामी दिनमा समेत यस्ता कार्यक्रम निरन्तर गरिने उनले बताए । उक्त कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालीकाकी उपाध्यक्ष सुनिताकुमारी उराँव,वडा सचिव हिरा साह,कुन्दन मण्डल,सोहेल अख्तरलगायत जनप्रतिनिधि,कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









