लौकही । सुनसरीको कोसी गाउँपालीका वडा नम्बर १ लौकही स्थित सीमा क्षेत्रबाट ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । व्राउन सुगर आउदैछ भन्ने सुचनाको आधारमा सशस्त्र प्रहरी बल बिओपी लौकहीबाट खटिएको चेकप्वाइन्ट ड्युटी टोलिले मंगलबार साँझ साढे ५ बजेको समयमा पुरीटोला नाकामा BR ३८ U ७७०९ नम्बरको इन्डियन अपाची वाइक चेकजाच गर्दा १९०० मिलिग्राम व्राउन सुगर बरामद गरिएको हो ।

मोटरसाइकलको लुकिङ्ग ग्लासको कभरमा लुकाएको अवस्थामा ब्राउन सुगर फेला पारिएको सशस्त्र प्रहरी लौकहीका इन्स्पेक्टर टेकेन्द्र कार्कीले जानकारी दिए । सोही मोटरसाइकलमा सवार एकजना भारत बिहार राज्यको वेलाग्राम पञ्चायत बस्ने वर्ष ३२ का भारतीय नागरिक र एकजना इटहरी उमनपा बस्ने वर्ष ३१ का नेपाली नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि मोटरसाइकलसहित ईलाका प्रहरी कार्यालय लौकहीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पेस्तोल सहित भारतीय नागरिक पक्राउ
मुस्ताक आलम इनरुवा । सशस्त्र प्रहरीले पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक लाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्ला अन्तर्गत...









