ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

‘प्रतिनिधि सभा पुनःस्थापना हुनसक्ने’ देखेर ओलीको ध्यान संसदको अंकगणितमा केन्द्रित

आवर कोशी by आवर कोशी
जेष्ठ २६, २०७८
‘प्रतिनिधि सभा पुनःस्थापना हुनसक्ने’ देखेर ओलीको ध्यान संसदको अंकगणितमा केन्द्रित
23
SHARES
Share on FacebookShare on Twitter

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान अझै संसदको अंकगणितमा केन्द्रित छ । उनले मन्त्रिमण्डल पुनःगठनमा विघटित प्रतिनिधि सभामा सांसद नभएका कसैलाई पनि नियुक्त गरेनन् । प्रतिनिधि सभा विघटनको सिफारिश गरेर चुनावको घोषणा समेत भइसकेपछि पनि ओलीको ध्यान किन संसदीय अंकगणितमा अझै गयो ? चासोको विषय बनेको छ ।

विश्वस्त स्रोतका अनुसार बालुवाटारले प्रतिनिधि सभा पुनःस्थापना हुने सम्भावना देखेको छ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ को प्रयोग नगरी सिधै ५ को लागि ढोका खोलेको तर्क गरेका थिए । उपधारा ४ बमोजिम उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्दथ्यो ।

विश्वासको मत नलिई राजीनामा पनि नदिई ओलीले धारा ५ को ढोका खोलिदिएँ भनेका थिए । यही नै त्रुटी भएको वरिष्ठ अधिवक्ता महादेव यादवले आज सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसका क्रममा बोलेका छन् । यसअघिको नजिरलाई हेर्दा पनि संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बनेका ओलीले सिधै ५ पौषमा प्रतिनिधि सभा विघटन गर्दा असंवैधानिक ठहर भएको थियो । यसपटक पनि धारा ४ मा नगई ५ मा बढेकोमा त्रुटी देखिएको छ ।

प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना देखेरै ओलीले पनि संसदीय अंकगणितमा पुनः ध्यान केन्द्रित गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका १० जनालाई मन्त्री बनाउँदा सबै विघटित प्रतिनिधि सभाका सांसदहरु नै रहेका छन् । मन्त्री बन्ने दौडमा सांसद नभएकाहरु पनि थिए । तर, ओलीले नियुक्ति दिन मानेनन् ।

नेकपा एमालेबाट पनि सांसद नभएकाहरु अटाएनन् । सांसद नभएकैले सर्वोच्च अदालतको आदेशबाट ७ जना पूर्वमाओवादी मन्त्री हट्नुपरेको थियो । उनीहरुले प्रतिनिधि सभा विघटन पछि पुनःगठन भएको मन्त्रिमण्डलमा स्थान पाएनन् । यसका पछाडि पनि ओलीको संसदीय अंकगणिततर्फको ध्यान मुख्य कारण देखिएको छ ।

ओलीले आफूविरुद्ध लागेका २३ एमाले सांसदलाई पनि कारबाही गरेका छैनन् । बरु उनले त्यो समूहका भरसक सबैलाई आफ्नो पक्षमा फर्काउने नभए कम्तिमा आधालाई ल्याउने रणनीति समेत बनाएका छन् । यसैकारण मन्त्रिमण्डलमा ६ मन्त्रालय आफैले राखेका छन् । ती मन्त्रालय माधव नेपाल पक्षका विघटित प्रतिनिधि सभाका सांसदहरुलाई आफूतर्फ तान्ने उद्देश्यले समेत राखिएको बुझाई नेपाल पक्षमा रहेको देखिन्छ ।

प्रतिनिधि सभा पुनःस्थापना भएमा देउवाको पक्षमा बहुमत पुग्न नदिन १३ सांसद तान्नुपर्ने वाध्यता ओलीलाई पर्नसक्छ । त्यसका लागि उनले मन्त्री पदलाई प्रयोग गर्न सक्ने सम्भावना देखिएको छ । जसपाका केही सांसद र एमालेको माधव नेपाल पक्षीय सांसदलाई पनि तान्ने रणनीति ओली पक्षमा देखिन्छ ।

विघटित प्रतिनिधि सभाको २६७ सांसदमध्ये विपक्षी गठबन्धनमा १४६ देखिएका छन् । बहुमतका लागि २३४ आवश्यक पर्छ । देउवासँग बहुमतभन्दा १२ सांसद बढी रहेका छन् । त्यो घटाउन ओली समूह अहिले देखिनै लागेको छ । त्यसैले ओलीले ६ बुँदे एकता प्रस्तावमा देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिने शर्त राखेका छन् । प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा त्यो हस्ताक्षरको किन अर्थ रह्यो ? यसका पछाडि पनि प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना नै कारण हो ।

ओलीले प्रतिनिधि सभा पुनःस्थापना पछि पनि विपक्षीलाई बहुमत पुग्न नदिने गरी योजनावद्ध तरिकाले राजनीतिक गोटीहरु अहिले देखि नै चालिसकेका छन् । यसमा उनले बाजी मार्लान् या हालान् ? प्रतिनिधि सभा पुनःस्थापना भइहालेमा त्यसपछिको अवस्थाले निक्र्यौल गर्नेछ ।

साभार

Tags: राजनीति

Related Posts

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

by आवर कोशी
पुस २०, २०८२
0

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा नाकको सामान्य शल्यक्रिया गर्दा सात वर्षिय बालकको आँखाको ज्योति गुमेको घटनामा पीडित परिवारले न्यायको लागि...

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

by आवर कोशी
पुस १७, २०८२
0

बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा,...

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

by आवर कोशी
पुस १५, २०८२
0

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुनसरी जिल्ला स्थित नेपाल- भारत तिनकुनै नाकाको स्थलगत निरिक्षण गर्नुभएको छ । मंगलवार सुनसरी जिल्ला...

जनअपेक्षा पूरा गर्न अहिलेको सरकार बनेको हो : कार्की

नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की

by आवर कोशी
बैशाख २५, २०८२
0

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम औपचारिक दस्तावेजमात्र नभई राष्ट्रको भावी यात्राको नक्शा समेत...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.