ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

‘प्रतिनिधि सभा पुनःस्थापना हुनसक्ने’ देखेर ओलीको ध्यान संसदको अंकगणितमा केन्द्रित

आवर कोशी by आवर कोशी
जेष्ठ २६, २०७८
‘प्रतिनिधि सभा पुनःस्थापना हुनसक्ने’ देखेर ओलीको ध्यान संसदको अंकगणितमा केन्द्रित
23
SHARES
Share on FacebookShare on Twitter

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान अझै संसदको अंकगणितमा केन्द्रित छ । उनले मन्त्रिमण्डल पुनःगठनमा विघटित प्रतिनिधि सभामा सांसद नभएका कसैलाई पनि नियुक्त गरेनन् । प्रतिनिधि सभा विघटनको सिफारिश गरेर चुनावको घोषणा समेत भइसकेपछि पनि ओलीको ध्यान किन संसदीय अंकगणितमा अझै गयो ? चासोको विषय बनेको छ ।

विश्वस्त स्रोतका अनुसार बालुवाटारले प्रतिनिधि सभा पुनःस्थापना हुने सम्भावना देखेको छ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ को प्रयोग नगरी सिधै ५ को लागि ढोका खोलेको तर्क गरेका थिए । उपधारा ४ बमोजिम उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्दथ्यो ।

विश्वासको मत नलिई राजीनामा पनि नदिई ओलीले धारा ५ को ढोका खोलिदिएँ भनेका थिए । यही नै त्रुटी भएको वरिष्ठ अधिवक्ता महादेव यादवले आज सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसका क्रममा बोलेका छन् । यसअघिको नजिरलाई हेर्दा पनि संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बनेका ओलीले सिधै ५ पौषमा प्रतिनिधि सभा विघटन गर्दा असंवैधानिक ठहर भएको थियो । यसपटक पनि धारा ४ मा नगई ५ मा बढेकोमा त्रुटी देखिएको छ ।

प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना देखेरै ओलीले पनि संसदीय अंकगणितमा पुनः ध्यान केन्द्रित गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका १० जनालाई मन्त्री बनाउँदा सबै विघटित प्रतिनिधि सभाका सांसदहरु नै रहेका छन् । मन्त्री बन्ने दौडमा सांसद नभएकाहरु पनि थिए । तर, ओलीले नियुक्ति दिन मानेनन् ।

नेकपा एमालेबाट पनि सांसद नभएकाहरु अटाएनन् । सांसद नभएकैले सर्वोच्च अदालतको आदेशबाट ७ जना पूर्वमाओवादी मन्त्री हट्नुपरेको थियो । उनीहरुले प्रतिनिधि सभा विघटन पछि पुनःगठन भएको मन्त्रिमण्डलमा स्थान पाएनन् । यसका पछाडि पनि ओलीको संसदीय अंकगणिततर्फको ध्यान मुख्य कारण देखिएको छ ।

ओलीले आफूविरुद्ध लागेका २३ एमाले सांसदलाई पनि कारबाही गरेका छैनन् । बरु उनले त्यो समूहका भरसक सबैलाई आफ्नो पक्षमा फर्काउने नभए कम्तिमा आधालाई ल्याउने रणनीति समेत बनाएका छन् । यसैकारण मन्त्रिमण्डलमा ६ मन्त्रालय आफैले राखेका छन् । ती मन्त्रालय माधव नेपाल पक्षका विघटित प्रतिनिधि सभाका सांसदहरुलाई आफूतर्फ तान्ने उद्देश्यले समेत राखिएको बुझाई नेपाल पक्षमा रहेको देखिन्छ ।

प्रतिनिधि सभा पुनःस्थापना भएमा देउवाको पक्षमा बहुमत पुग्न नदिन १३ सांसद तान्नुपर्ने वाध्यता ओलीलाई पर्नसक्छ । त्यसका लागि उनले मन्त्री पदलाई प्रयोग गर्न सक्ने सम्भावना देखिएको छ । जसपाका केही सांसद र एमालेको माधव नेपाल पक्षीय सांसदलाई पनि तान्ने रणनीति ओली पक्षमा देखिन्छ ।

विघटित प्रतिनिधि सभाको २६७ सांसदमध्ये विपक्षी गठबन्धनमा १४६ देखिएका छन् । बहुमतका लागि २३४ आवश्यक पर्छ । देउवासँग बहुमतभन्दा १२ सांसद बढी रहेका छन् । त्यो घटाउन ओली समूह अहिले देखिनै लागेको छ । त्यसैले ओलीले ६ बुँदे एकता प्रस्तावमा देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिने शर्त राखेका छन् । प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा त्यो हस्ताक्षरको किन अर्थ रह्यो ? यसका पछाडि पनि प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना नै कारण हो ।

ओलीले प्रतिनिधि सभा पुनःस्थापना पछि पनि विपक्षीलाई बहुमत पुग्न नदिने गरी योजनावद्ध तरिकाले राजनीतिक गोटीहरु अहिले देखि नै चालिसकेका छन् । यसमा उनले बाजी मार्लान् या हालान् ? प्रतिनिधि सभा पुनःस्थापना भइहालेमा त्यसपछिको अवस्थाले निक्र्यौल गर्नेछ ।

साभार

Tags: राजनीति

Related Posts

जनअपेक्षा पूरा गर्न अहिलेको सरकार बनेको हो : कार्की

नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की

by आवर कोशी
बैशाख २५, २०८२
0

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम औपचारिक दस्तावेजमात्र नभई राष्ट्रको भावी यात्राको नक्शा समेत...

बराहक्षेत्रमा सेवा निवृत्त स्वयंसेविका सम्मानित

बैंक तथा वित्तीय संस्थाको नियमन र जोखिम व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्छ : पूर्वअर्थमन्त्री

by आवर कोशी
बैशाख २१, २०८२
0

काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमन र जोखिम व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन नीतिगत सुधारको आवश्यकता...

ल क्याम्पस : नेविसंघबाट अध्यक्षमा प्रवेजको उम्मेदवारी

ल क्याम्पस : नेविसंघबाट अध्यक्षमा प्रवेजको उम्मेदवारी

by आवर कोशी
बैशाख ६, २०८२
0

नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष पदमा नेविसंघबाट मोहम्मद माजिद प्रवेजले उम्मेदवारी दिएका छन् । यही वैशाख ८...

जनअपेक्षा पूरा गर्न अहिलेको सरकार बनेको हो : कार्की

जनअपेक्षा पूरा गर्न अहिलेको सरकार बनेको हो : कार्की

by आवर कोशी
चैत्र ९, २०८१
0

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीतिगत स्थायित्व नभइ देशमा विकास नहुने बताएका छन् । पार्टीको काभ्रे–काठमाडौं उपत्यका...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
अपराध

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

Read more
कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कार्तिक ४, २०८२
सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

कार्तिक ४, २०८२
कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

कार्तिक २, २०८२
सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

अशोज २६, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    378 shares
    Share 151 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.