भोक्राहा । भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ६ का सत्यनारायण साहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौंको क्षति भएको थियो भने चौपाया समेत जलेर घाइते भएका थिए । आगलागी पीडितलाई गाउँपालीकाका अध्यक्ष अजमल अख्तर आजादले सात थान जस्तापाता,पाँच बोरा खाद्यान्न सामाग्री लगायत वितरण गरेका छन् ।
नेपाल रेडक्रस भोक्राहा शाखा र गाउँपालीका कार्यालयको तर्फबाट अग्निपीडित साहलाई राहत वितरण गर्दै अध्यक्ष आजादले आवश्यकता अनुसार थप सहयोग गर्ने बताए । राहत वितरण कार्यक्रममा आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) मा नेपाली कांग्रेसको तर्फबाट दाबेदार डाक्टर इसराइल मन्सुरीले अग्निपीडितलाई अवस्था र आवश्यकताअनुसार राहत वितरण गर्नुपर्नेमा जोड दिए ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









