लौकही । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर १ लौकहीस्थित दसगजा क्षेत्रबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । भारतीय बजारबाट मोटरसाइकल लुकाएर लागूऔषध ल्याउदै गर्दा सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीबाट खटिएको प्रहरी टोलिले लागूऔषधसहित दुईजना युवाहरूलाई बुधबार नियन्त्रणमा लिएको इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए ।
भारतीय बजारबाट बा २४ प १०४ नम्बरको मोटरसाइकलमा सवार भई शरीरभित्र लुकाएर लागूऔषध ल्याउदै गर्दा बराह नगरपालिका वार्ड नम्बर ७ बस्ने ३१ वर्षका लालबहादुर सुवेदी र सोही स्थान बस्ने २२ वर्षका सुमन खड्का रहेका छन् । सशस्त्र प्रहरीले उनीहरूका साथबाट ९ बोतल डाइलेक्स डिसि, २ पत्ता नाइट्रोजन ट्याबलेट र १८ पत्ता स्पास्मो प्रोक्सिभिन बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।









