इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा आधारभुत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । आईतबार कोशी गाउँपालीका वडा नम्बर ५ स्थित रहेको मदसा दारुल होदा फल्फिया विद्यालय कुम्याहीमा कोशी गाउँपालिका निमावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम समपन्न भएको हो । कोशी गाउँपालिकाको आयोजनामा निमावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको सामाजिक विकास शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो । निमावी स्तरीय हाजिरी जवाफ प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रका एघार वटा विद्यालयका बाल प्रतियोगिहरुको सहभागिता रहेको थियो । सम्पन्न भएको प्रतियोगितामा कोशी मावि पश्चिम कुशाहा प्रथम, अल फलाहा पब्लिक स्कूल द्धितिय, राष्ट्रिय मावि शोभनपुर तृतिय र श्री आधारभुत आधारभुत भाण्टाबारी सान्तवना भएका छन् । प्रतियोगितामा कोशी जनता मावि हरिपुर, राष्ट्रिय मावी श्रीपुर, श्री मदरसा दारुल हुदा स्कूल,राष्टिय मावि लौकही, मदर्शा मिफ्तादुल उजुम, रत्न प्रिया इगिंलिस स्कूल सहित ११ विद्यालयका प्रतियोगितहरुकोे सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रत्येक विद्यालयबाट निमावि तहका ३÷३ जना बालबालिकाको सहभागीता रहेको थियो । आयोजना भएको विद्यालयका प्रधानाध्यापकको अध्यक्षता तथा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । विजयी तथा सहभागीहरुलाई पुरस्कार, सिल्ड र प्रमाण पत्र वितरण गरिएको जनाएको छ । प्रतियोगिहरुलाई कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगाल, वडा सचिव विरेन्द्र मेहता, शिक्षा पत्रकार जयकृष्ण यादव सहितले पुरस्कार, सिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको जनाएको छ ।
देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम
जुगेस दास देवानगञ्ज। देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने यस...