लौकही । सुनसरीको कोसी गाउँपालीकामा डेंगु रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । सुनसरी जिल्लासहित कोसी गाउँपालीकामा पनि डेंगु रोग बढ्न सक्ने कुरालाई मध्यनजर गर्दै शुक्रबार जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको कोसी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले जानकारी दिए । फेयरमेड नेपालको सहयोग,कोसी गाउँपालीकाको कार्यालय लौकहीको सहकार्यमा सेभ द अर्थ फाउन्डेसन इन्टरनेसनलले आयोजना गरेको उक्त जनचेतनामूलक कार्यक्रम गाउँपालीकाकी उपाध्यक्ष अनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

पछिल्लो समयमा देशैभरि डेंगुको प्रकोप अत्यधिक मात्रामा बढ्दै गएको र कोसी गाउँपालिका पनि डेंगूको उच्च जोखिममा रहेको हुँदा अग्रिम सतर्कता अपनाइएको प्रमुख प्रशासकीय अधिकृत दंगालको भनाइ छ । डंगु रोगबारे सर्वसाधारणमा चेतनाको अभाव भएकोले उक्त रोगको रोकथाम तथा न्यूनीकरण गर्न कार्यक्रम लाभदायक हुने उनको कथन छ ।कोसी गाउँपलिकामा डेंगु रोगको रोकथामको लागि जन चेतना स्वास्थ्य शिक्षा, सुचना प्रवाहको लागि ( माइकिङ्ग, फ्लेक्स, पम्प्लेट) सहित चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको सामुदायिक स्वास्थ्य सहजकर्ता सन्तोष साहुले बताए ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









